२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै, शेयर निष्काशन गरिदै

२०७५, ९ मंसिर आईतवार ०८:४६

लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ९, पर्वत (रासस) | पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । 

आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो । 

आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएको छ । “पुसभित्रै उत्पादन शुरु गर्ने तयारी भइरहेको छ । अहिले उत्पादनगृह, सुरुङ र हेडबक्समा फिनिसिङको काम धमाधम चलिरहेको छ” उहाँले भन्नुभयो । 

वर्षामा पहिरो जाने, भासिने र आयोजनास्थल भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले सुरुङ निर्माण कार्यमा अवरोध उत्पन्न भएकाले केही ढिलाइ भएको हो । त्यसपछिको समयमा पनि अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो । “गएको वर्ष सबैभन्दा धेरै अपेक्षा गरेका थियौँ”, उहाँले भन्नुभयोे, “त्यही बेलामा चुनाव भएका कारणले पनि काममा समस्या आएको हो”, “असार मसान्तसम्म उत्पादन दिने लक्ष्य पनि पूरा हुन सकेन, अब पुसभित्रै उत्पादनलाई राष्ट्रिय प्रसारणमा जोड्नेछाँै” उहाँले भन्नुभयो । 

आयोजनाको अहिले करीब सम्पूर्ण काम पुरा भएको छ । एक÷दुई प्रतिशत सामान्य काममात्र बाँकी रहेको जनसम्पर्क अधिकृत बेलवासेले बताउनुभयो । सिभिलतर्फको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले पनि अधिकांस काम पूरा भएको जनाएको छ । आयोजनाले अघिल्लो आर्थिक वर्षमा भने लक्ष्यअनुसारै काम भएको जनाएको छ । शुरुका वर्षहरूमा भूकम्प र नाकाबन्दीले असर गरेकाले त्यसको प्रभाव अझै देखिए पनि अघिल्लो वर्षमा विगतको तुलनामा धेरै काम भएको बेलवासेले बताउनुभयो । ‘निर्माण कार्यमा केही ढिलाइ हुँदा निर्धारित समयभन्दा आयोजनाको काम लम्बिएको हो,’ उहाँले भन्नुभयोे । 


रु.तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्ने भएको छ । ०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको आयोजनाको निर्माण कार्य एक वर्ष ढिला भएको थियो । आयोजनाको वार्षिक रु.११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इञ्जिनीयरिङलगायत निर्माणको ठेक्का मनाङ ट्रेडलिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेका छन् । 

शेयर निष्काशन 

यसैबीच तल्लो मोदीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । आयोजनाको आइपिओ (प्रारम्भिक शेयर निष्काशन)सम्बन्धी कार्यका लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर समेत भैसकेको छ । कम्पनीका तर्फबाट सञ्चालक कुमुदकुमार दुगड तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौँले प्रतिसाधारण शेयर एक सय रुपैयाँ दरमा र. ४२ करोड रुपैयाँ बराबरको रु.४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ