2026-09-15 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालभैरव मन्दिरको प्रचारका लागि दौड, बन्दीपुरको गुरुयोजनाका लागि सुझाव

मङ्सिर ९, दमौली (रासस) | तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज दौड प्रतियोगिता आयोजना गरिएको छ । 

कालभैरव मन्दिर विकास समितिले मन्दिरको प्रचारप्रसार गर्दै मुलाबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । थर्पु बजारदेखि मन्दिरसम्म आयोजना गरिएको दौडको उपाधि खगेन्द्र रानाभाटले जित्नुभएको छ । 

उहाँले आठ किमी दूरीको दौड ३३ मिनेट पाँच सेकेण्डमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा रमेश मङ्ग्राती द्वितीय, रुपलाल बुढाथोकी तृतीय, सुवास थापा सान्त्वना हुनुभयो । उहाँहरुले क्रमशः ३५ मिनेट ८ सेकेण्ड, ३८ मिनेट २५ सेकेण्ड, ३९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । 

महिलातर्फ प्रिया राईले ५० मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नुभयो भने विष्णु लामिछाने द्वितीय, देवीकला गुरुङ तृतीय, लीला बस्याल सान्त्वना हुनुभयो । उहाँहरुले क्रमशः ५५ मिनेट १५ सेकण्ड, ५५ मिनेट ५० सेकेण्ड, ६० मिनेट ५० सेकेण्डमा उक्त दूरी पार गर्नुभयो ।

म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले विजयी प्रतियोगीलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ १५७ र महिलातर्फ ६० धावक सहभागी थिए । 

तश्वीर साभार: भानु एफएमको फेसबुकबाट 

बन्दीपुरको गुरुयोजनाका लागि सुझाव 

बन्दीपुर गाउँपालिकाको दीर्घकालीन गुरुयोजनाका लागि सुझाव सङ्कलन गर्न थालिएको छ । 

शनिबार स्थानीय सरोकारवालासँग आयोजित अन्तरक्रियामा बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ, नेपाली काङ्ग्रेस बन्दीपुर गाउँपालिका सभापति कर्ण खत्री, राप्रपाका नेता गोवद्र्धन भट्टराई, युवा बुद्धिजीवी आशुतोष प्रधानलगायतले पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई पनि गुरुयोजनामा समेट्नुपर्नेमा जोड दिनुभएको थियो । 

गाउँपालिकाका प्रमुख पूर्णसिं थापाले बन्दीपुरलाई कस्तो बनाउने भन्ने सन्दर्भमा सबै सरोकारवालासँग समन्वय गरी २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउन लागिएको र जानकारी दिनुभयो । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरिसकेकाले पर्यटन वर्षमा बन्दीपुरले गर्न सक्ने योगदानको बारेमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ