२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा तराई मधेश कार्यक्रमका लागि १३ योजना छनोट

२०७५, ४ पुष बुधबार १०:०९

पुस ४, लमही | दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् । तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ । 

सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेश समृद्धि कार्यक्रम लागू गरेको छ । 

तराई–मधेशमा बसोबास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो । 

जसमा शक्ति प्रावि लमहीलाई रु ५० लाख, दलित सचेतनाको लागि भवन निर्माण लमहीका लागि रु ३० लाख, जनता उच्च मावि गढवाका लागि रु ७० लाख, साधारण मावि गंगदी राजपुर भवन निर्माणका लागि ४० लाख, जनज्योति मावि बेला राजपुर भवन निर्माणका लागि रु ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरका लागि रु ४० लाख बजेट परेको छ । 

थारू संस्कृति भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु ५० लाख, अस्पताल भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु २५ लाख, साविक धर्नाको नैनावारमा थारू महिला भवन निर्माण गर्न रु ३० लाख, घोराही उपमहानगरपालिकामा मुक्त कमलहरी भवन निर्माण गर्न रु ८० लाख, स्वास्थ्य चौकी भवन निर्माण गर्न घोराही उपमहानगरपालिका १, ३ र ८ वडाको लागि रु ५० लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । 

यसै गरेर हाटबजार पूर्वाधार निर्माण घोराही उपमहानगरपालिकामा रु ५० लाख, प्राबि तिमिले बङलाचुली भवन निर्माणका लागि रु ३० लाख, आधारभूत विद्यालय कडुले बङ्गलाचुली भवन निर्माण गर्न रु ४० लाख, तरकारी तथा फलफूल बजार भौतिक पूर्वाधार तुलसीपुर उपमहानगरपालिका–६ का लागि रु एक करोड र राजापुर कपडादेवी थारू गाउँ हुँदै एयरपोर्ट सुकुमवासीटोल सडक कालोपत्रे तुलसीपुरका लागि रु ५० लाख बजेट पारेको उहाँले जानकारी दिनुभयो । 

साथै प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीले थप महत्वपूर्ण योजनाको लागि प्रयास भइरहेको भन्दै साविक राजपुर गाउँपालिकामा तुलनात्मक रूपमा अलि धेरै बजेट पारिएको दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ