Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुदुर पश्चिम प्रादेशिक महोत्सव हुने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रकाश बम | पुस ४, डोटी | डोटी उद्योग बाणिज्य संघको आयोजनामा सुदुर पश्चिम प्रादेशिक महोत्सब  हुने भएको छ ।

बुधबार दिपायलमा गरीएको  पत्रकार सम्म सम्मेलनमा माघ २५ गते देखि फागुन ५ गते सम्म महोत्सव हुन लागेको जानकारी गराएको हो ।

“कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्बाधार, सुदूर पश्चिम बिकासको मूल आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागिएको महोत्सवमा बिभिन्न समिति,उपसममिति गठन गरी तयारी अगाढी बढाई सकेको अध्यक्ष मोहन कलेल बताउनु भयो ।

उद्यम व्यवसाय क्षेत्रमा नयाँ प्रविधि सम्वन्धि जानकारी गराउने ,स्थानीय उत्पादनको बाजारीकरणमा सहयोग पुर्याउने, सुदुर पश्चिम प्रदेशको पर्यटकीय सम्भावना बोकेका धार्मिक प्राकृतिक,ऐतिहासिक सांस्कृतिक क्षेत्रको प्रचार प्रसार गर्ने, सुदुर पश्चिमको कला, लोक संस्कृति र साहित्यको जर्गेना एवम संरक्षण सम्बर्धन गर्ने ,उद्योग,व्यापार,कृषि, पर्यटन अन्य विकासका सम्भावना ,अवसरहरुका साथै यस क्षेत्र प्रति राज्यको ध्यान केन्द्रित गर्न महोत्सबको आयोजना गर्न लागेको उद्योग बाणिज्य संघ अध्यक्ष कलेलले बताउनु भयो ।

महोत्सबमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति,हस्तकाला पर्दशनि, लघु तथा घरेलु उद्योग प्रविधि सम्बन्धी पर्दशनि, स्थानीय प्रतिभाको पहिचान तथा प्रवद्र्धन, रमाइलो मेला तथा बाल उद्यान कृषि प्रदर्शनी, सेती नदीमा ¥याप्टीङ्ग ,फोटो प्रर्दशनी, नेपाली कागज, स्थानिय परीकार लगायतका गतिबिधि महोत्सबमा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

महोत्सवमा ९ वटै जिल्लाका प्रमुख उत्पादन सहित उद्यमि व्यवसायिहरुको सहभागिता रहने डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक बहादुर खड्काले बताउनु भयो ।

महोत्सब अबधिभर साढे २ लाख  भन्दा बढी दर्शकहरुले अबलोकन गर्ने र साढे ३ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको डोटी उद्योग वाणिज्य संघका महासचिव खड्काले बताउनु भयो ।

डोटी उद्योग वाणिज्य संघले ०६८ साल देखि महोत्सवको आयोजना गर्दै आई रहेको छ ।