2026-09-14 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

पुष ९, नवलपरासी (रासस) | विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । 

गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको गृहले जनाएको छ । 

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुन पुगेको थियो । 

यद्यपि अहिले नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको छ । अहिले करीब प्रतिदिन ३.५ देखि चार युनिटसम्म विद्युत् उत्पादन हुने गरेको छ । 

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरूपमा बिग्रिएर थन्किएका छन् । 

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३.५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ । 

भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ । विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ । 

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

भूकम्प प्रभावित समुदायलाई भवन हस्तान्तरण 

विंस २०७२ सालमा गएको भूकम्पमा परी घरविहीन बनेका परिवारलाई कुमारी निजी शैक्षिक गुठीले भवन हस्तान्तरण गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको विकट पहाडी भेग कीर्तिपुरमा एक औपचारिक कार्यक्रमका बीच भूकम्प प्रभावित १२ घरपरिवारलाई कुमारी निजी गुठीका संस्थापक ट्रेन भ्यान रिज्वएसले घरको साचो हस्तान्तरण गरेको हो । 

घर हस्तान्तर कार्यक्रममा संस्थापक ट्रेन भ्यान रिज्वएसले गरीबी, पिछडिएका समाजमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी मिलेको बताउनुभयो । पूर्वी नवलपरासीको कीर्तिपुर गाउँ देवचुली नगरपालिकाको पहाडी भेगकै रुपमा मानिन्छ । यस गाउँमा करीब १५४ घरधुरी रहेको छ । विद्युत्, स्वास्थ्य, शिक्षा सुविधाबाट यस समुदाय निकै पछाडि परेको छ । 

संस्थापक रिज्वएसले विगत ३० वर्ष अघिदेखि पूर्वी नवलपरासिको कावासोती हसौरामा कुमारी निजी शैक्षिक गुठी सञ्चालनमा ल्याएका हुन् । उहाँले शिक्षा, स्वास्थ्यदेखि विभिन्न सामाजिक कार्यमा पनि निकै ठूलो भूमिका निभाउन सफल हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ