२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित

२०७५, १० पुष मंगलवार ०५:४९

पुस १०, बेनी | म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ । 

स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ । बाबियाचौरको पानाबगर र अर्मनको हाँडेभिरमा म्याग्दी नदीको पानीलाई फिँजारेर बनाइएको जोखिमयुक्त बाटो हुँदै सवारी साधन वारपार गराइँदै आएको अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो । “हिउँदमा सवारी साधन खोलाबाटै वारपार गराइन्छ, अन्य समयमा सवारी आवागमन ठप्प जस्तै हुन्छ,” उहाँले भन्नुभयो । 

हिउँदमा खोलामा जोखिम मोलेर बोलेरो, ट्र्याक्टरलगायतका सवारी साधन वारपार गराए पनि बर्खायाममा भने सवारी साधन वारपार गराउन नसकिने शिशुकल्याण माविका शिक्षक गोविन्द रोकाले बताउनुभयो । “पुल नहुँदा सडक नभएजस्तै भएको छ”, उहाँले भन्नुभयो । 

अर्मनसँगै बरङ्जाका बासिन्दाले समेत गाउँपालिकाको केन्द्र बाबियाचौर पुग्न म्याग्दी खोलामा जोखिम मोलेर सवारी साधन वारपार गराउँदै आएका छन् । कतिपय सवारी साधन घुमाउरो बाटो भएर बेनी हुँदै जान्छन् । कतिपय सवारी साधन बीचमै पुगेर अड्किने र पल्टिने समस्याले चिसो पानीमा भिजेरै सवारी साधन तार्नुपर्ने बाध्यता छ । 

बाबियाचौरतर्फ माटेबगर र अर्मनतर्फ साठीखण्ड जोड्ने गरी मसानघाटमा पक्की पुल निर्माणका लागि योजना छनोट गरी विगतदेखि नै पहल भइरहेको छ । अर्मन–बाबियाचौर र बरङ्जाको पखेर–तातोपानी जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राखेर योजना माग गरिएकामा अहिले यी योजना ठेक्का प्रक्रिया सकिएर कार्यान्वयनको तयारीमा रहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

अहिले वडा नं ३ र ४ बरङ्जा तथा ५ अर्मनलाई गाउँपालिकासँग सिधा सडक सञ्जालले जोड्न दु्रतमार्गले पूर्णता पाए पनि म्याग्दी खोलामा पुल नहुँदा सवारी साधन वारपार गर्न सास्ती भएको छ । सडक डिभिजन कार्यालय बागलुङले यी दुवै ठाउँमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको जनाएको छ । कार्यालयका सब इञ्जिनीयर अर्जुन गौतमले पखेर–तातोपानी जोड्ने पुल निर्माणका लागि निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएर आवश्यक तयारीमा जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार बाबियाचौर र अर्मन जोड्नका लागि मसानघाटमा निर्माण हुने पुलकोसमेत ठेक्का प्रक्रियाको काम सकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ