2026-09-13 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने, कुखुरापालन महोत्सव माघमा

पुस १४, घोराही (रासस) | थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याणकारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 

थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा मघौटा नाचको विशेष प्रस्तुत रहनाका साथै थारू परिकारका रूपमा घोङी, ढिक्री, अनदी चामलको भात, माछा, सुँगुरको मासुलगायतको स्टल राखिने संयोजक चौधरीले जानकारी दिनुभयो । त्यसैगरी महोत्सवमा परम्परागत हस्तकला, थारू भाषाका पुस्तक प्रदर्शनी पनि गरिने भएको छ । 

कुखुरापालन महोत्सव माघमा 

सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले घोराहीमा प्रदेश नं ५ स्तरीय पोल्टी महोत्सव गर्ने भएको छ । आउँदो माघ १० गतेदेखि २० गतेसम्म ‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ सो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

उक्त महोत्सवममा मनोरञ्जनका साथै प्रदेश नं ५ को पहिचान झल्किने पोल्ट्रीजन्य वस्तुको प्रदर्शनी एवं बिक्री हुने समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले