२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटकीय पूर्वाधार निर्माण

२०७५, १६ पुष सोमबार ०६:२२

पुस १६, म्याग्दी (रासस) |  अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न समुदायले चन्दामार्फत करोडौँको पूर्वाधार निर्माण गरेका छन् । 

रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण गरिएको हो । म्याग्दीलगायत देशका विभिन्न ठाउँ र विदेशमा रहेका पुन समुदायबाट चन्दा सङ्कलन गरेर पूर्वाधार निर्माण गरिएको करबाकेलीका संरक्षक चामबहादुर पुनले बताउनुभयो । 

२०६९ मङ्सिरमा रु ७४ लाख लगानीमा स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान निर्माण भएयता पूर्वाधार विस्तार रोकिएको छैन । थानभित्र बहुमूल्य धातुले जलप लगाएको पुन समुदायका कुल देवता करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति राखिएको छ । 

यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । करबाकेलीसम्म पुग्ने करीब एक किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरिएको छ । करबाकेली परिसरमा करीब एक हजार क्षमताको सभाहल निर्माण भएको स्थानीय चेन्तु गर्बुजाले बताउनुभयो । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ । 

समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरि, माछापुच्छ्र«े, अन्नपूर्ण, टुकुचेलगायत १० हिमशृङ्खलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृष्य देखिन्छ । 

पूर्वाधार निर्माण भएपछि करबाकेलीमा भक्तजन र पर्यटकको चहलपहल बढेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि गत वर्षदेखि रु ४५ लाखको लगानीमा सामुदायिक होटल सञ्चालन गरिएको रवि गर्बुजा पुनले बताउनुभयो । 

करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा गत वैशाखदेखि ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताउनुभयो ।

घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ । 

करबाकेलीमा म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गर्ने तयारी भएको संरक्षक पुनले बताउनुभयो । भवन निर्माण र सामग्री खरीदमा रु ६० लाख लागत अनुमान गरिएको सङ्ग्रहालय सञ्चालनका लागि दाताको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ