2026-07-26 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यमा नयाँ बर्ष योजना

पुष १६, काठमाडौं | नयाँ वर्ष २०१९ को शुभारम्भसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ ‘सनडे फनडे’ र ‘वाह ओईनस्डे’ गरी दुई भिन्न प्रकारको योजना सार्बजनिक गरेका छन् । 

‘सनडे फनडे’ अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार देशभरका पोस (Point of Sale terminal) हरुमा सामान तथा सुविधा खरिद गर्दा  भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५% वा  अधिकतम रु ५०० सम्म नगद फिर्ता हुने योजना ल्याएका छन् । 

त्यस्तै WoW Wednesday योजना अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड  वाहकहरुले भाटभटेनी सुपरमार्केटका देशभरीका कुनै पनि शाखाबाट हरेक बुधबार सामान खरीद गरेवापत अधिकतम रु ७५० सम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ । 

यस योजनाबाट सेन्चुरी बैंक लि., गरिमा विकास बैंक लि., ग्लोबल आइएमई बैंक लि., कैलाश विकास बैंक लि.,कुमारी बैंक लि., महालक्ष्मी विकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथ विकास बैंक लि., नेपाल बैंक लि., एनसिसि बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि., सहयोगी विकास बैंक लि. र युनाईटेड फाईनान्स लि.का भिसा डोमेस्टिक कार्ड  प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।   

यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुने र सुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकवर्गहरु आकर्षित हुनेमा बैंकहरु विश्वस्त छन् । यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म लागू हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ