2026-09-13 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रु तीस लाखको लागतमा गाउँमा सडक

पुष १७, बेझाड (रासस) | रु तीस लाखको लागतमा असेर्दी– रानीबास सडक सञ्चालनमा आएको छ । गाउँमा सडक पुगेपछि कृषकलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । 

रम्भा गाउँपालिका– १ हुँगीको असेर्दीदेखि वडा नं २ फोक्सिङ्कोटको रानीबास जोड्ने करीब पाँच किलोमिटर सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अहिले गाउँमा जिप, ट्रयाक्टरलगायत सवारी साधन गुड्न थालेका छन् । “ट्रयाक खुलेपछि तरकारी बिक्री गर्न सजिलो भएको छ, दैनिक उपभोग्य वस्तु किनमेल गर्न बजार पुग्नु परेको छैन,” रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भन्नुभयो । 

सांसद विकास कोषको रकमबाट उक्त सडक सञ्चालनमा ल्याइएको हो । “चालू आर्थिक वर्षमा गाउँपालिकाका पाँचै वडामा बस गुडाउन मिल्ने गरी सडक निर्माण, मर्मत र विस्तार गरिरहेका छौँ,” उहाँले भन्नुभयो । यसअघि सडकको ट्रयाक नखुल्दा यहाँका बासिन्दाले यात्रा गर्न निकै सास्ती भोग्दै आएका थिए । गाउँपालिकाका पाँच वडामध्ये चारमा बस सेवा सञ्चालनमा छ । वडा नं २ मा फागुनभित्रमा बस पु¥याउने गरी काम भइरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । वडा नं २ को रानीबासदेखि वडा कार्यालयसम्मको करीब दुई किलोमिटर सडक विस्तार गर्ने काम बाँकी रहेको उपभोक्ता समितिका उपाध्यक्ष मनबहादुर गाहाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले