२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोतरीको स्थानीय तह विकास निर्माणको पथमा

२०७५, ४ माघ शुक्रबार ०८:१३

माघ ४, महोतरी | बजेट तर्जुमा भएको छ महीना बितेपछि मात्र महोत्तरीका स्थानीय तहमा योजनाअनुसारको विकास निर्माणको गति क्रमिकरुपमा अगाडि बढेको छ । 

गत साउन महीनामै बजेट तर्जुमा गरिसकेको जिल्लाका अधिकांश स्थानीय तहले माघको पहिलो हप्तादेखि विकास निर्माणका लागि क्रमिकरुपमा कदम उठाएको अवस्था छ । 

गौशाला नगरपालिका कार्यालय स्रोतले दिएको जानकारीअनुसार नगरस्तरीय योजनामा परेका विकास निर्माणका कामका लागि उपभोक्ता गठन हुने क्रमको शुरुआत भइसकेको छ । कार्यालयका लेखा अधिकृत गणेश गुरुङले दिएको जानकारीअनुसार यस आर्थिक वर्षका लागि पारित भएको रु ६३ करोड बजेटमध्ये अहिलेसम्ममा पाँच÷छ वटा नगरस्तरीय योजनाका लागि उपभोक्ता समिति गठनको कागजी प्रक्रिया अगाडि बढेको छ । 

विगतको समयमा वैशाखदेखि शुरुआत हुने गरेको विकास निर्माणका क्रमलाई विस्थापित गर्दै नयाँ संरचनाअनुसार यस वर्ष ढिलो भए पनि छ महीनाको म्याद लिएर कामकाज अगाडि बढाइएको सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादवले बताउनुभएको छ । उहाँले अगाडि भन्नुभयो, “कार्यालयमा आवश्यकमात्रामा कर्मचारी नभएकै कारणले बजेट पारित गर्नमा केही समस्या भएको छ । यस वर्षको बाँकी रहेको छ महीनामा गुणस्तरीय कामकाज गराउनका लागि कडाइका साथ अनुगमन गरिनेछ ।” 

रु नौ करोड ४३ लाख बराबरको बजेट पारित गरिएको रामगोपालपुर नगरपालिकाले यसै महीनाको अन्तिम सातादेखि कामकाज शुरुआत गरिने नगरप्रमुख अशोककुमार मण्डलले बताउनुभयो । 

नगरप्रमुख मण्डलले भन्नुभयो, “अहिले सामाजिक सुरक्षाभत्ता बैकमार्फत वितरण भइरहेको छ । अब केही दिनमै स्थानीय तहमा उपभोक्ता समिति गठन गरेर योजनामा परेको विकास निर्माणको कामकाज अगाडि बढाउनेछु ।” रु ८८ करोड बराबरको बजेट पारित गरिएको बर्दिवास नगरपालिकाले वर्तमान समयमा आएर उपभोक्ता समिति चयन गरी प्रशिक्षण दिनेक्रम जारी रहेको नगरप्रमुख विदुरकुमार कार्कीले बताउनुभयो । 

नगरप्रमुख कार्कीले भन्नुभयो, “यस वर्षदेखि असार मसान्तभन्दा पहिले नै योजना पूर्णरुपमा कामकाज सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ । पहिलो चौमासिकको साउन भदौ वर्षाका कारण तथा असोज र कात्तिक महीना पर्वका कारण विकास निर्माणको कामकाजमा बाधा हुँदै आएको छ ।” यस सम्बन्धमा कोष तथा लेखा नियन्त्रण कार्यालय महोत्तरीका उपसचिव युवराज राईले भन्नुभयो, “साउन महीनादेखि विकास निर्माण कार्यमा ध्यान नदिएको पुरानै अवस्था जिल्लामा कायमै रहेको छ ।” जसले छ महीना बित्दासमेत स्थानीयतहले सिन्कोसमेत भाँच्न सकेको छैन ।” यहाँका स्थानीयतहले समयमै कार्यकारी अधिकृतलाई अख्तियारी नदिँदा यस्तो समस्या सिर्जित भएको राईले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कोलेनिका सङ्घीय सरकारको मातहतमा रहेको र स्थानीयतहले स्वायत भएकाले हामीले निगरानीसमेत गर्ने अवस्था छैन । स्थानीय तहमा भइरहेको कामकाजको अनुगमन एवं निगरानी स्थानीयलाई नै गर्नु जरुरी देखिन्छ ।” दश नगरपालिका र पाँच वटा गाउँपालिका रहेको महोत्तरीका अधिकांश स्थानीय तहमा कर्मचारीलगायतका विविध आन्तरिक कारणले गर्दा समयमै परिषद् गर्नमा ढिलो भएको जिल्ला समन्वयन समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ