2026-09-14 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा वर्षौ बित्दा पनि निमार्ण भएनन् मोटर चल्ने पुल

विमलबहादुर बिष्ट | माघ ६, डोटी | निर्माण शुरु गरेको वर्षौ वितिसक्दा समेत यहाँ मोटर चल्ने पुल अझै निर्माण हुनसकेका छैनन् । 

ठेकेदार कम्पनीको लापवाहीका कारण ती पुल अझै निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीको आरोप छ । ठेकेदार कम्पनीले विभिन्न बाहना देखाइ पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ । 

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७१ साल असार २९ गते सम्झौता भएको शिखर नगरपालिकामा रहेको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ । पहिलो पटक भएको तीनवर्षे सम्झौता २०७४ साल असार २९ गते सकिए पनि अर्को सम्झौता भएको छैन । 

मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब चार सय मिटर लम्बाइको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालयले पुष्प÷राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माणकार्य शुरु गराएको थियो । पुल निर्माण हुने समयावधि समाप्त भएर पनि एक वर्ष वितिसक्दा समेत पुलका दायाँबाँया पिल्लर समेत बनेका छैनन् । 

पुल निर्माणको कार्य शुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आश लिएर बसेका स्थानीयवासी फेरि निराश हुन थालेका छन् । सेती नदीमा निर्माण हुने उक्त पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिका–११ सडक सञ्जालमा जोडिन सकेको छैन् । पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साइड हेर्ने सडक कार्यालयका 

पुल निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख हुनुभएको छ । यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनुपर्ने जिल्लाको अर्को पुल ६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन् । जोरायल गाउँपालिकाको कुम्रेली गाड (नदी) मा निर्माणाधीन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक कार्यालय र एसबिए÷चन्द्र एण्ड वसन्त र आइएस जेभी निर्माण कम्पनीले विसं २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम शुरु गरेको थियो । 

कुल लागत रु दुई करोड ५८ लाख ७२ हजार ९१७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय विसं २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो । करिब ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पूरा हुन सकेको छैन् । ठेकेदारको लापवाहीले योजना समयमा सम्पन्न हुन नसकेको इञ्जिनीयर महानन्द जोशीले बताउनुभयो । निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नुपर्ने र ढिलो भएमा हर्जना पनि तिर्नुपर्ने बताउँदै उहाँले पुल सम्पन्न नगरेरै छाडे कम्पनीलाई कालो सूचीमा राखिने जानकारी दिनुभयो । 

तेस्रो पटक विसं २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण कार्य अझै बाँकी रहेको भए पनि २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप नगरिएको सडक कार्यालयले जनाएको छ । पुल निर्माण नहुँदा स्थानीय तथा विद्यार्थीले नदी तर्न नसक्दा पुलमा भर्याङ लगाएर नदी वारपार गर्न बाध्य भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले