Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपुरमा वर्षाले इँटा उद्योगमा रु ४५ लाखको क्षति

By kit 3 मिनेट पढाइ

माघ १०, कावासोती | नवलपुरमा वर्षाका कारण यहा“ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ ।

वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको का“चो इँटा बिग्रिदा रु ४५ लाख बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिनुभयो ।

अध्यक्ष महर्जनका अनुसार यहा“ रहेका प्रत्येक उद्योगमा करीब दुई लाखका दरले का“चो इँटा पानीका कारण नष्ट भएको हो । पानीका कारण १८ लाख इँटा नोक्सानी भएको उहा“ले बताउनुभयो । क्षति भएको इँटा आगोको भट्टीमा प्रयोग गर्न नमिल्ने र पुनःमाटोको रुपमा प्रयोग गरी नया“ इँटा बनाइने अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

इँटालाई आगोमा पकाउनुपूर्व केही दिनसम्म घाममा सुकाउनुपर्ने हुन्छ । तयारी अवस्थामा रहेका सुकाएका इँटामा अकस्मात् परेको वर्षाका कारण क्षति पुगेपछि इँटा उद्योगी चिन्तित बनेका छन् । यस्तै वर्षाका कारण नवलपुरमा लगाइएको तोरी खेतीमा समेत नोक्सान पुगेको छ । पाकेर थन्काउने अवस्थामा रहेको तोरीमा वर्षाका कारण नोक्सान पुर्याएको कृषक मदन पौडेलले बताउनुभयो । तोरी उखेलेर सुकाएको अवस्थामा खेतमै रुझेपछि बोटबाट तोरीका दाना झर्ने, पानीका कारण दान फुल्ने हुँदा तेल कम निस्कने कृषक पौडेलले जानकारी दिनुभयो । रासस