२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीमा धमाधम भूकम्प प्रतिरोधी घर बन्दै

२०७५, ११ माघ शुक्रबार ०५:५५

माघ ११, बर्दिवास | महोत्तरी जिल्लाको उत्तरी क्षेत्र र आसपासका छिमेकी जिल्लाका गाउँनगर बस्तीमा अब धमाधम भूकम्प प्रतिरोधी पक्की घर, भवन बन्न थालेका छन् । 

महोत्तरी जिल्लाको बर्दिवास, भङ्गाहा र बलबा एवं धनुषा जिल्लाको मिथिला नगरपालिकामा तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि यी नगरसहित छिमेकको सिन्धुली जिल्लाका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा पनि धमाधम भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका छन् । 

सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल, बर्दिवास महोत्तरीले सञ्चालन गरेको सामुदायिक उत्थान परियोजना महोत्तरी, धनुषामार्फत महोत्तरीका तीन र धनुषाको एक समेत चार नगरपालिका क्षेत्रका डकर्मी काम गर्नेलाई भूकम्प प्रतिरोधी घर, भवन बनाउने सीप सिकाएपछि त्यसको सकारात्मक प्रभाव यस भेगमा देखिएको हो । पछिल्ला दुई वर्षयता आफ्नो वडाबस्तीमा बनेका पक्की घरमध्ये धेरैजसो भूकम्प प्रतिरोधी बनेका बर्दिवास–३ का वडाअध्यक्ष राजन ढुङ्गानाले बताउनुभयो । 

पैरवी मञ्चले विसं २०७३ देखि हालसम्म महोत्तरीका तीन र धनुषाको एकसहित चार नगरपालिकाका–६३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम दिइसकेको छ । पछिल्लो पटक विसं २०७५ को यो तालीम भर्खरै २० जनाले लिएका र अघिल्ला दुई वर्षमा ४३ जनाले लिएका पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो । 

तालीम लिएपछि आफु हरुको सम्पर्कमा रहँदै आएका यसअघिका तालीम प्राप्त ४३ जना डकर्मीले महोत्तरीको बर्दिवास, धनुषाको मिथिला र सिन्धुलीका कमलामाई र दूधौली नगरपालिका क्षेत्रमा समेत हालसम्म ५८३ वटा भूकम्प प्रतिरोधी पक्की घर बनेका अभिलेख रहेको पैरवी मञ्चले जनाएको छ । 

नयाँ सीप सिकेका डकर्मीले घर बनाउने धनीलाई भूकम्प प्रतिरोधी घर बनाउन अभिप्रेरित गर्ने र आपूmले अब पुरानो परम्पराको घर नबनाउने अडान लिन थालेपछि भूकम्प प्रतिरोधी घर, भवन बन्न थालेका हुन् । “हामी त पहिलेदेखि नै घर बनाउने काम गर्दै आएका थियौं, अहिले नयाँ तरिका (प्रविधि) ले बनाउन थालेका छौं” दुई वर्षअघि भूकम्प प्रतिरोधी घर बनाउने तालीम लिएका बर्दिवास–१४ का उपेन्द्र मुखियाले भन्नुभयो । 

तालीम प्राप्त यी डकर्मी कामका लागि महोत्तरी, धनुषाबाहेक सिन्धुली पनि जाने गरेका छन् । मधेशबाट काम गर्न आफ्नो बस्ती आउने गरेका डकर्मीको प्रेरणाले अब बाक्लै भूकम्प प्रतिरोधी घर बन्न थालेका सिन्धुलीको दूधौली नगरपालिका–१ का वडाअध्यक्ष गोविन्द पहाडी बताउनुहुन्छ । 

पछिल्लो समयमा भूकम्प प्रतिरोधी घर बनाउने दक्षता अभिवृद्धि तालीम लिएका डकर्मी बढ्दै गएपछि नगरमा नयाँ प्रविधिको घर, भवन बन्न लागेका महोत्तरीको भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवी सिंह दनुवारको भनाइ छ । यसैबीच बर्दिवास नगरपालिका कार्यालयको शहरी विकास तथा भवन निर्माण शाखाका प्रमुख इञ्जिनीयर टेक कटुवालले पनि तालीम प्राप्त दक्ष डकर्मी बढ्दै गएपछि घर बनाउने तयारीमा रहेका अब चाँडै भूकम्प प्रतिरोधी घर बनाउने कुरामा सहमत हुँदै गएको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ