2026-09-14 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिना धितो ऋण सुविधाले उद्यम विकासमा सहयोग

माघ १५, म्याग्दी | दुई/चार हजार रुपैयाँ आवश्यक पर्दा श्रीमान् र आफन्तको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएकोमा जलजला गाउँपालिका–३ मल्लाजकी लक्ष्मी विश्वकर्मा दङ्ग पर्नुभएको छ । आफ्नो स्वामित्वमा धितो राख्ने घर, जग्गा नहुँदा बैंक तथा वित्तीय सेवाबाट वञ्चित विश्वकर्माले स्थानीय महिला सहकारीले उपलब्ध गराएको बिना धितोको ऋणबाट व्यवसाय गरेर आयआर्जन गर्न थाल्नुभएको हो । 

रु ५० हजार ऋण लिएर तीन वर्षअघि बाख्रापालन शुरु गरेकी विश्वकर्मा अहिले घर व्यवहार र छोराछोरीको पढाइ खर्च पु¥याएर बचत गर्न थालेको बताउनुहुन्छ । एकतीस महिला मिलेर रु २० का दरले बचत सङ्कलन गरेर २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाले सामूहिक जमानीको आधारमा कर्जा उपलब्ध गराएपछि सजिलो भएको छ । 

जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा रहेका ३३ वटा समूहमार्फत ७०१ सदस्य सहकारीमा आबद्ध गराएर तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैँसीपालन, पसल, व्यापारलगायतका कामका लागि रु एक करोड छ लाख २४ हजार ८६५ लगानी गरिएको अध्यक्ष शान्ता लामिछानेले बताउनुभयो । 

एक पटकमा रु ५० हजारसम्म लगानी गरिएको उहाँले जानकारी दिनुभयो । सहकारीमा आबद्ध भएपछि महिला र बालबालिकामा फजुल खर्च न्यूनीकरण र नियमित बचत गर्ने बानीको विकास भएको छ । 

यसैगरी मल्लाजमै रहेको साना किसान कृषि सहकारी संस्थाले पनि कृषकलाई बिना धितो जमानीका आधारमा सहुलियत ब्याजदरमा रु चार करोड २७ लाख लगानी गरेको अध्यक्ष हेमकुमारी अधिकारीले बताउनुभयो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट १२ प्रतिशत ब्याजदरमा ऋण लिएर माझफाँट, लेकफाँट र बाँसखर्कमा बिना धितो १५ देखि १६ प्रतिशत ब्याजदरमा लगानी गरिएको प्रबन्धक सनिता कार्कीले जानकारी दिनुभयो । 

पाँचसम्मको १०४ समूह बनाएर सामूहिक जमानीका आधारमा बिनाधितो एक जनालाई एक पटकमा रु एक लाखसम्म ऋण लगानी गरिएको सहकारीले जनाएको छ । प्रबन्धक कार्कीका अनुसार सरकारबाट थप अनुदान लिएर बाख्रा, कुखुरा, गाईभैँसीपालन, तरकारी र फलफूल खेतीमा लगानी बढाउने योजना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ