2026-09-13 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

माघ २४, बेझाड | पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा बैंक पुगेको छ तर सहजसँग सेवा लिन नागरिकले नसकिरहेको अवस्था छ । पायक पर्ने ठाउँमा बैंक सञ्चालन नहुँदा अन्यत्र जानुपर्ने अवस्था छ । हुन त एक वटा बैंक पनि नभएको अवस्थामा बल्लतल्ल बैंक पुगेपछि नागरिकलाई केही राहत पुगेको छ । यसै आर्थिक वर्षमा निस्दी गाउँपालिकाको ढुङ्गानाबेसी गाउँमा सनराइज बैंक सञ्चालनमा आएको छ । 

गाउँपालिकाका सबै वडाका नागरिकलाई पायक नपर्ने भएपछि धेरै नागरिक अन्यत्र स्थानीय तहमा धाइरहेका छन् । सबै वडालाई पहुँच नपुगे पनि केही हदसम्म भए पनि बैंकिङ कारोवार गर्न सहज हुँदै गएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउनुहुन्छ । “गाउँपालिकाको क्षेत्र नमिलेकाले केही वडाका नागरिक भने रामपुर बजारमा जानुपर्ने बाध्यता छ, सकेसम्म वडा वडामा बैंक स्थापना गर्ने कोसिस गरिरहेका छौँ,” उहाँले भन्नुभयो । 

गाउँपालिकाभित्र बैंक आए पनि सेवा लिन आउन जान निकै झन्झट रहेको निस्दी गाउँपालिका–१ बाकामलाङका सामाजिक अभियानकर्मी शालिकराम पाण्डेले बताउनुभयो । “संरचना बन्दै गरेको छ, बिस्तारै गाउँगाउँमा बैंक आउला, अहिलेलाई करीब दुई घण्टाको समय गाडीमा यात्रा गरेर रामपुर नगरपालिकामा नै पुगेर सेवा लिँदै आइरहेका छौँ,” उहाँले भन्नुभयो । 

त्यस्तै रम्भा गाउँपालिका–१, २ र ३ का नागरिक डेढदेखि दुई घण्टाको समय लगाएर बगनासकाली गाउँपालिकाको आर्यभञ्ज्याङसम्म सेवा लिन जाने गर्छन् । गाउँपालिका–५ को ताहुँमा रहेको बैंकमा पायक नपरेपछि अन्यत्र स्थानीय तहमा रहेका बैंकमा सेवा लिनुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

“वडा नं ४ र ५ का नागरिकले ताहुँबाटै सहजसँग सेवा उपभोग गरिहेका छन् भने अब छिट्टै नै गाउँपालिकाको केन्द्र खोक्खोलामा बैंक स्थापना गर्ने तयारीमा छौँ, यसले वडा नं १, २ र ३ का नागरिकलाई बैंकको सुविधा पुग्नेछ,” अध्यक्ष भण्डारीले भन्नुभयो । बगनासकाली गाउँपालिकाको नौ वटा वडामध्ये वडा नं १, २, ३ र ४ का नागरिकले आर्यभन्ज्याङबाट बैंकिङ्ग सेवा लिइरहेका छन् भने बाँकी ५, ६, ७, ८ र ९ का नागरिकले जिल्ला सदरमुकाम तानसेन पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । 

केही विकट गाउँपालिकामा यसै आर्थिक वर्षमा बैंक सञ्चालनमा आएका छन् । सबै स्थानीय तहमा सरकारी बैंक पुग्न नसकेपछि निजी बैंक पुगेपछि केही हदसम्म भए पनि नागरिकलाई सुविधा पुगेको छ । संरचना नमिलेकाले आफ्नै स्थानीय तहबाट सेवा लिन नसकेको अवस्था छ । 

ज्येष्ठ नागरिकलाई परिचयपत्र 

पाल्पाको रम्भा गाउँपालिकाले एक हजार छ सय ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । चालु आवकोे साउनदेखि गाउँपालिकाभित्र रहेका ६० वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । 

ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा नेपाल सरकारले तोकेअनुसारको सेवासुविधा गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा, घरदेखि गाउँपालिकाको कार्यालयसम्म आवतजावतका लागि रकम उपलब्ध, सम्मानजस्ता कार्यक्रम गरिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो । “ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक जीवन व्यतित गराउन र उनीहरू समाजका अभिभावक भएकाले गाउँपालिकाले ज्येष्ठ नागरिकका निम्ति विभिन्न कार्यक्रम गर्दै जानेछ,” उहाँले भन्नुभयो । 

यस वर्ष गाउँपालिकाले ज्येष्ठ नागरिक शीर्षकमा रु सात लाख रकम विनियोजन गरेको छ । वडागत र गाउँपालिकास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति पनि गठन भइसकेको छ । गाउँपालिकाले कार्यविधि बनाएर पारित गरेर त्यसैका आधारमा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने बताइएको छ । रम्भा गाउँपालिका–१ असेर्दीमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठानको सहकार्यमा ज्येष्ठ नागरिक प्रवचनालय भवन निर्माण हुँदैछ । सो भवन निर्माणका लागि गाउँपालिकाले चालुतर्फ रु छ लाख र पूँजीगततर्फ रु पाँच लाख गरी रु ११ लाख रकम छुट्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले