2026-09-14 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङको देवल विमानस्थल कालोपत्रे गरिँदै

टेकेन्द्र बोहरा | माघ २४, बझाङ | दश वर्ष देखी बन्द अवस्थामा रहेको बझाङ देवल विमानस्थल कालोपत्रे गर्ने काम सुरु भएको छ । बझाङका नागरिक अभिन्यता, सांसद र स्थानीयको पटक पटकको दबावपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि ठेक्का दिएपछि काम कालो पत्रैको काम सुरु भएको हो ।

२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालसम्म सञ्चालनमा थियो । पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

 २०६५ सालमा बझाङ सदरमुकाम चेनपुरसम्म बससञ्चालन भएपछी देवल बिमान स्थल अलपत्र अवस्थामा परेको थियो ।

लामो समयसम्म बेवारिसेजस्तै बनेको विमानस्थल स्थानीयको खेल मैदान र गौचरनमा परिणत भएको थियो ।

विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको सौच गर्ने ठाउँमा परिणत भएको छ भने केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झ्याल ढोकामा रहेका शिशाहरु पनि फुटेका छन् ।

विमानस्थल कालोपत्रे बन्न लागेपछि देवलका स्थानीय बासिन्दा खुशी भएको देवलका स्थानिय वासी प्रविन धामीले बताए ।

लामो समयसम्म बेवारिसेजस्तै बनेको विमानस्थल राजनैतिक दल पत्रकार नागरीक समाजले दबाव दिएपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रेका लागि ठेक्का दिएपछि काम सुरु भएको हो ।

अमर कन्स्ट्रक्सनले देवल  विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । करिब पाँच करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरि गत साउनमा ठेक्का सम्झौता भएको थियोे 

विमानस्थलसम्म गाडी चल्ने सडक निर्माण कार्य पनी सम्पनन भइरहेको र कालोपत्रेको काम सुरु भएको निर्माण कम्पनीका प्रमुख देवी न्यौपानेले बताए ।

बिमान स्थल संचालनमा आएपछि जिल्लाको साईपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने उनको भनाइ छ ।

वर्षाको समयमा विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपतकालिन विरामीहरुले बर्षेनी ज्यान गुमाउने गरेका छन् भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन् । 

बझाङको बिमान स्थल पिच हुन भन्दा अगाडीको फोटो र पिच हुदै लागेको फोटो र पिचको लागी काम गदै गरेको फोटो | तश्वीर: टेकेन्द्र बोहरा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले