2026-09-14 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेलौरी नगरपालिकासंग समन्वय गर्न महाकाली उखु किसान हकहित संरक्षण समितिलाई आग्रह

माघ २४, बेलौरी | बेलौरी नगरपालिका कार्यालयले समुन्वय का लागी अनुरोध गरेको छ । नगरपालिकाले महाकाली उखु किसान हकहित संरक्षण समिति बेलौरी लाई पत्राचार गरी समुन्वय का लागी अनुरोध गरेको हो । 

समिति ले बर्षौ देखि किसानका नाममा बिकास निर्माण गर्ने भनी किसान बाट उखु प्रति क्विन्टल १ रुपैंयाँ  र महाकाली सुगर मिल बाट प्रति क्विन्टल रु.१ गरी क्विन्टलमा जम्मा २ रुपैयाँ उठाँउने गरेको खुलासा भएको छ । तर बिकासको निउँ पारेर गरिब निमुखा किसान बाट पैसा उठाँउनु निन्दनिय कार्य भएको र सडक निर्माणको सवालमा बालुवामा पानी हाले झै देखिएको स्थानिय किसानहरुको गुनासो छ भने अर्कोतर्फ स्थानिय सरकार संग कुनै समुन्वय नै नगरी बिकासको अपवाह महाकाली उखु किसान हकहित संरक्षण समिति लाई तत्काल समितिको बार्षिक बिकासे बजेट सार्वजनिक गरी समुन्वय मा आउन बेलौरी नगरपालिका कार्यपालिका को यहि माघ २१ को निर्णय अनुसार समितिलाई पत्राचार गरिएको पत्रमा उल्लेख छ । 

बेलौरी नगरपालिका का नगर प्रमुख पोतीलाल चौधरी द्धारा हस्ताक्षरित पत्रमा भनिएको छ नगरपालिका ले बिकास निर्माण र सडक मर्मत सम्भार सम्बन्धि बजेट बिगत देखि सबै वडाहरुमा पठाउने गरेको छ । उता संरक्षण समिति संग विभिन्न बिकासे योजनाहरु दोहोरीन नदिन नगरपालिका संग समुन्वय गरी खर्चमा एकरुपता कायम गर्न अनुरोध गरिएको हो । अर्को तर्फ महाकाली सुगर मिल ले नेपाल सरकारले तोकेको दररेट अनुसार किसानहरुलाई रकम भुक्तानी नदिएको र भुक्तानी पाउन पनि महिनौ कुर्नु पर्ने जन गुनासो आईरहेको छ  । तर नेपाल सरकारको यहि पौष १६ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार उखु प्रति क्विन्टल रु ५३६ र ५५६ कायम गरिएको छ ।

बेलौरी नगरपालिका का नगर प्रमुख चौधरी भन्दछन तत्काल सुगर मिलले नेपाल सरकारले तोके बमोजिमको दरभाउ कायम गर्नु पर्दछ । र सोहि अनुसार भुक्तानीको व्यवस्था गर्नु पर्दछ । तर यहाँका किसानले बर्षौ देखि खेपिरहेको दोहोरो मर्का प्रति गम्भीर ध्यानाकर्षण भएको छ । फेरि चौधरी भन्नुहुन्छ उखु किसान हकहित संरक्षण समिति बेलौरीले ठोस कदम चाल्न नसक्दा दोहोरो कर तिरिरहेका उखु कृषक मर्कामा परेका छन् । केहिदिन अगाडि समितिले सुगरमिल संग एकलौटि सहमति गरेको भन्ने सुनियो । तर नगरपालिका संग कुनै समुन्वय नै छैन । अब हामी किसानलाई मर्कामा पर्नदिने छैनौं यस बिषयमा हामी चिन्तत र पहलरत छौं ।  

बेलौरी नगरपालिका ५ भकुण्डाका एक उखु किसान भन्छन स्थानिय तहमा पछिल्लो समयमा बिकासका बिभिन्न योजना तथा कार्यक्रमहरु स्थानिय सरकारले गर्दै आईरहेको छ तर यता गरिब किसानको पसिनालाई समितिले कमाई खाने भाँडाको रुपमा प्रयोग गरेको ठहरिन्छ । न त सुगर मिल ले भाउ दिन्छ न त समितिले न्याय दिन्छ । 

तसर्थ यस्ता समस्याको निदान गरि सुगर मिलले उखुको मुल्य नेपाल सरकारले तोकेबमोजिम कायम गर्न र उखु किसान हकहित संरक्षण समितिलाई स्थानिय सरकार बेलौरी नगरपालिका कार्यालय संग समुन्वय गर्न आग्रह गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले