व्यास नगरपालिकाको आय रु एक अर्ब २० करोड

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

कृष्ण न्यौपाने । माघ २८, दमौली । तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५÷७६ का लागि रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ ।

आजदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । चालू आवका लागि कूल रु एक अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकामा माघ २६ गतेसम्म रु ६० करोड ४९ लाख २६ हजार ५०० यथार्थ आय हुन आएको नगर उपप्रमुख जोशीले जानकारी गराउनुभयो । आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख अनुमान गरिएकामा माघ २५ गतेसम्म रु सात करोड ६५ लाख ७९ हजार यथार्थ आम्दानी हुन आएको छ भने बाह्य तथा अन्य आयमा रु ९८ करोड १३ लाख ३४ हजार अनुमान गरिएकामा रु ५२ करोड ८३ लाख ४७ हजार ५०० यथार्थ आय हुन आएको छ ।

हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा रु ४१ लाख ८८ हजार थप आय हुने गरी कूल आन्तरिक आय रु १४ करोड ५२ लाख ८८ हजार हुने गरी संशोधित आय अनुमान कायम गरिएको जोशीले बताउनुभयो । बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी रु सात करोड ३६ लाख ६३ हजार थप आय तथा कूल बाह्य र अन्य आय रु एक अर्ब पाँच करोड ४९ लाख ९७ हजार गरी आन्तरिक, बाह्य र अन्य आयसमेत गरी कूल रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय अनुमान कायम गरिएको छ ।

चालू आवका लागि तेस्रो नगरसभाबाट चालू खर्च र पूँजीगत खर्चतर्फ रु एक अर्ब १२ करोड २४ लाख ३४ हजार विनियोजन गरिएकामा सोमध्ये चालू खर्चतर्फ रु ६४ करोड ७५ लाख १४ हजार अनुमान गरिएकामा माघ २५ गतेसम्म रु ३७ करोड २० लाख ६६ हजार यथार्थ आय हुन आएको छ । पूँजीगत खर्चतर्फ रु ४७ करोड ४९ लाख १९ हजार विनियोजन गरिएकामा माघ २५ गतेसम्म रु १० करोड ७९ लाख ५६ हजार खर्च भएको छ । चालू खर्च र पूँजीगत खर्चसमेत गरी कूल रु ४८ करोड २२ हजार यथार्थ खर्च हुन आएको छ ।

चालू आवको हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालू खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा रु पाँच करोड ७६ लाख २४ हजार थप व्यय गर्ने गरी कूल चालू खर्च रु ७० करोड ५१ लाख ३८ हजारको अनुमान गरिएको छ । पूँजीगत खर्चतर्फ विभिन्न शीर्षकमा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु दुई करोड दुई लाख २७ हजार थप गर्ने गरी कूल व्यय अनुमान रु ४९ करोड ५१ लाख ४६ हजारको संशोधित विनियोजन कायम गरिएको छ ।

पाँच विधेयक प्रस्तुत

मङ्गलबारसम्म सञ्चालन हुने नगरसभामा आज पाँच विधेयक प्रस्तुत भएका छन् । सभामा संशोधित आर्थिक विधेयक÷विनियोजन विधेयक, शिक्षा विधेयक २०७५, स्थानीय तहको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक, संशोधित फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन २०७५ को संशोधन प्रस्ताव र सहकारी ऐन २०७५ को संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।

वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठले फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन २०७४ माथि संशोधन प्रस्ताव, सामाजिक विकास समितिका संयोजक काजीमान श्रेष्ठले शिक्षा विधेयक २०७५, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक विश्वराज न्यौपानेले व्यास नगरपालिकाको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक २०७५, आर्थिक विकास समितिका संयोजक काशीराम श्रेष्ठले आर्थिक ऐन २०७५ माथि संशोधन प्रस्ताव, विनियोजन ऐन २०७५ माथि संशोधन प्रस्ताव र सहकारी ऐन २०७४ माथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्तुत भएका विधेयकमाथि मङ्गलबार नगरसभामा छलफल हुने र सभाले पारित गर्ने नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply