चैत्र २२ देखी बैशाख २ गतेसम्म गुल्मी महोत्सवमा हुने

साझासवाल
1 Min Read

<p>लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | जिल्लाको पर्यटन बिकासमा टेवा पुर्याउन र गुल्मीमा उत्पादित बस्तुहरुको प्रचार प्रसार गर्न भन्दै महोत्सब गर्न लागिएको छ ।<br></p><p>चेम्बर अफ कर्मश गुल्मीले प्रथम गुल्मी सास्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेला २०७५ आयोजना गर्ने भएको छ ।&nbsp; यहि चैत्र २२ गते देखी बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा गुल्मी जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन , गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रबद्धनमा टेवा पुर्याउने उधेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने जानकारी दिनुभयो ।&nbsp;</p><p>गुल्मी जिल्ला कृषि, पर्यटन, धार्मिक स्थलहरुको जिल्ला&nbsp; भएकाले यसको उचित प्रचार प्रसार नभएकाले यसको प्रचार प्रसारगरि जिल्लाको पर्यटन र धार्मिक धरोहरलाई प्रबद्र्धन गर्नका निम्ति महोत्सबले फाईदा पुग्ने माहासचिब कृष्ण भण्डारीले दाबी गर्नुभयो । महोत्सब सम्पन्न गर्नका निमित्त जिल्लाबासी सबैसंग समन्वय गरेर जाने भन्दै सहयोग गर्न गुल्मीबासी सबैलाई आग्रह समेत गरेको छ ।&nbsp;&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply