2026-07-26 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुर्गम गाउँको स्वास्थ्यचौकीमा सुविधासम्पन्न भवन निर्माण, मालिका जोड्ने सडक निर्माण शुरु

फागुन २२, म्याग्दी (रासस) | म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । 

शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु दुई करोड छ लाखको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो । विसं २०७१ पुसदेखि शुरु भएको भवनको मङ्गलबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गर्नुभयो । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख चाँदनी गुरुङले बताउनुभयो । 

यसअघि राम्चेस्थित सामुदायिक भवनको दुई साँघुरो कोठामा स्वास्थ्यचौकी सञ्चालन हुने गरेको थियो । नयाँ भवनमा प्रशासनिक, खोप, गर्भजाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ कोठा छन् । 

सभाहल र दुई परिवार कर्मचारीका लागि तीन÷तीन कोठा पनि छन् । स्वास्थ्यचौकीले इन्टरनेटको प्रयोग गरेर टेलिमेडिसीन सेवा पनि सञ्चालन गरेको छ । १८ महीनामा सम्पन्न गर्ने लक्ष्य भए पनि भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी र प्रतिकूल मौसमका कारण ढिलाइ भएको निर्माण कम्पनी मृतक–सञ्जिवनीका प्रतिनिधि विनोद भट्टचनले बताउनुभयो । 

अपाङ्गमैत्री भवन निर्माणका लागि दुई परिवारले छ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उद्घाटन समारोहमा दुई रोपनी १२ आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराएका सुखबहादुर तिलिजा र तीन रोपनी तीन आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराउनुभएका चन्द्रबहादुर तिलीजाका परिवारलाई सम्मान गरिएको थियो । 

उद्घाटन समारोहमा जिसस प्रमुख केसी, गाउँपालिकका अध्यक्ष डमबहादुर पुन, प्रजिअ लीलाधर अधिकारी, उपाध्यक्ष केशमाया मगरलगायतले भवनमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गरेर प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । राम्चे अन्नपूर्ण गाउँपालिकाको विकट बस्ती हो । 

मालिका जोड्ने सडक निर्माण शुरु 

म्याग्दीको धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक निर्माण शुरु भएको छ । यातायात सुविधामार्फत धार्मिक र आन्तरिक पर्यटक भित्र्याउन मालिका गाउँपालिकाले बिमको बाइन्दफाँट बिम्बाङ हुँदै मालिका जोड्ने सडक आयोजना शुरु गरेको हो । 

गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख बजेटबाट उपभोक्ता समितिमार्फत सडकको ट्र्याक खोल्ने काम शुरु गरिएको छ । गत वर्ष विनियोजन भएको रु आठ लाखबाट बाइन्दफाँटदेखि करीब दुई किलोमिटरमाथि बिम्वाङ पु¥याइएको थियो । 

यस वर्ष बिम्बाङको काउलेदेखि छ किलोमिटर दूरीमा रहेको धौलागङ्गा भन्ने ठाउँसम्म सडक पु¥याउने लक्ष्य राखिएको वडाध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । हालसम्म एक किलोमिटर ट्र्याक खुलिसकेको छ । अबको तीन महीनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित ट्र्याक खोल्ने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ । 

पहिलो चरणमै सात मिटर फराकिलो र प्राविधिकको सिफारिशअनुसार ग्रेड मिलाएर सडक खनिएको उपभोक्ता समितिका अध्यक्ष रैप्रसाद जुग्जालीले बताउनुभयो । भौगोलिक विकटता र बस्तीदेखि टाढाको जङ्गलमा सडक निर्माण गर्न समितिका पदाधिकारी पालो गरेर जङ्गलमै बास बसेका छन् । समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित मालिकामा आन्तरिक पर्यटक र भक्तजन भित्र्याउने उद्देश्यले सडक निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडकले यातायात सुविधा सहज भएर भक्तजन सजिलैसँग मालिका जानआउन सक्ने विश्वास छ । 

ढिगो र प्रभावकारी बनाउन प्राविधिक अध्ययनबाट तयार पारिएको डिपिआरअनुसार वातावरण र भूगोल अनुकूलको सडक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । सडक पुग्ने ठाउँदेखि मालिका धुरीसम्म जोड्ने पदमार्ग र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप रु १५ लाख विनियोजन गरेको छ । मालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम हो । 

मालिका गाउँपालिकाको ७ र ६ तथा रघुगङ्गा गाउँपालिका ६ को सिमानामा अवस्थित मालिका पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेल परेको छ । २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ४५ मध्ये गुर्जाबाहेकका ४४ वडा, लालीगुराँस, वन्यजन्तु, पक्षीहरुको अवलोकन गर्न सकिन्छ । 

सहज पदमार्ग, आवास, खानेपानीलगायत सुविधाको अभावका साथै प्रचारप्रसारको कामीले मालिकामा पर्यटक भित्रिन सकेका छैनन् । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ