२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धोवाघाटमा मोटर पुग्दा स्थानीयवासी खुशी

२०७५, २५ फाल्गुन शनिबार ०८:०५

फागुन २५, लमही | दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भन्नुभयो, “अहिले मोटरबाटो पुग्दा आवतजावतमा सहज भएको छ ।” 

यसअघि सडक नहुँदा मान्छेले हापुरे बजारबाट सामान बोकेरै घरसम्म लैजानुपर्ने बाध्यता भएकामा अहिले भने सहज भएको उहाँको भनाइ थियो । हापुरेबजारबाट सात घण्टा हिँडेर पुगिने भए पनि अब भने एक घण्टामै आवतजावत गर्न सकिने भएको छ । अब साना गाडी, मोटरसाइलक आवतजावत गर्न सहज भएको उहाँको भनाइ थियो । सडक खुलेसँगै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तुलाई बजारसम्म ल्याउन पनि सहज भएको छ । 

गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले उक्त सडकमा नियमित सवारीसाधन सञ्चालन गर्ने वातावरण सिर्जना गर्नका लागि बबई नदीमा पुल निर्माण गर्न प्रदेश सरकारसँग आग्रह गर्ने जानकारी दिनुभयो । “हामीले पहिलोपटक यस गाउँपालिकाको विकट क्षेत्रमा सडक पुर्याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “अब यी सडक स्तोरन्नतिका लागि पहल गर्नेछु ।” चुनावको समयमा आफूले गाडी पुर्याउने प्रतिबद्धता पूरा गर्न लागेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त