२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पानीले रोक्यो धुर्मुसको मातृभूमि कप क्रिकेट

२०७५, २३ चैत्र शनिबार १२:२३

चैत २३, काठमाडौं । आज (शनिबार) हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखी परेको पानीका कारण स्थगित भएको छ । बिहान १० बजेदेखी नै राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागी खेल रोकिएको हो ।


अब खेल अर्को शनिबार हुने सम्भावना रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस बताउँछन् । ‘आज नै शनिबार भनेर तोक्न सकिदैन तर सम्भावना आउँदो शनिबारका लागी छ । भोली हामीले मिति तोक्नेछौं ।’ धुर्मुसले भने ।

यस मातृभूमि कप क्रिकेट प्रतियोगीता धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रंगशालाको सहयोगार्थ गर्न लागेको हो । साथै खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउण्डेसनले बताएको छ । 

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन् । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापा देखी अहिलेका युवास्टर सलिनमान बनिया, पल शाह सम्मले क्रिकेट खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो