२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन

२०७६, ६ बैशाख शुक्रबार ०८:२६

सुशीला रेग्मी | वैशाख ६, बेझाड (रासस) | पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ ।

निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक करोड २४ लाखको लागतमा लोकप्रिय कन्स्ट्रक्सन प्रालिसँग २०६८ चैत ९ गते सम्झौता भए पनि ठेकेदारले काममा चासो नदिँदा ढिलाइ हुन पुगेको हो । स्वास्थ्य चौकी भवनको अहिलेसम्म ९५ प्रतिशत काम सकिइसकेको छ । 

निस्दीकै वडा नं ७ मा झिरुवास स्वास्थ्य चौकीको भवन निर्माणाधीन अवस्थामा छ । विसं २०७३ असार २६ गते बासुरी सुनील समिर जेभी कन्स्ट्रक्सन प्रालिसँग रु एक करोड ३९ लाखको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको हो । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । तोकिएको समयमै काम सम्पन्न नभएपछि ठेकेदार कम्पनी म्याद थप्ने प्रक्रियामा छ ।

माथागढी गाउँपालिकामा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत रहवास स्वास्थ्य चौकीको भवन बनिरहेको छ । रु एक करोड ६० लाखको लागतमा २०७६ मङ्सिर २९ गते सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको छ । यसको अहिलेसम्मको प्रगति दश प्रतिशत मात्रै रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय प्रदेश नं ५ रुपन्देहीका प्रमुख इन्जिनीयर धु्रव पौडेलले जानकारी दिनुभयो ।  

उहाँका अनुसार माथागढीमा एक करोड ४७ लाखको लागतमा बरुण/कर्मचारी कन्स्ट्रक्सन जेभी पं्रालिमार्फत चिदिपानी स्वास्थ्य चौकीको भवन निर्माण भइरहेको छ । विसं २०७५ चैत १९ गते सम्पन्न गर्ने सम्झौता भएको यस चौकीको निर्माण कार्य अहिलेसम्म ९८ प्रतिशत काम सकिइसकेको छ ।

रम्भा गाउँपालिकामा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत रु एक करोड ५२ लाखको लागतमा दुई तले हुमिन स्वास्थ्य चौकीको भवन बन्दैछ । दुई तले स्वास्थ्य चौकीको भवन १८ महिनाको म्यादभित्र नबनेपछि पुनः म्याद थप गरी काम थालिएको छ । यस भवनको अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत छ ।

तानसेन नगरपालिका–१० मा कालिञ्चोक कन्स्ट्रक्सन प्रालिमार्फत  २०७७ भदौ १३ गतेभित्र काम सम्पन्न गर्ने गरी रु एक करोड ३९ लाखको लागतमा दुई तले तेल्घा स्वास्थ्य चौकीको भवन निर्माण कार्य अघि बढेको छ । रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन निर्माण भइरहेको छ । हाल १५ शय्या क्षमतामा सञ्चालित रामपुर अस्पतालको क्षमता बढाएर ५० शय्या पुर्यादैछ ।  

जिल्ला सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर रहेको यो अस्पताल भवन एकामा रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँबाट करीव साढे १८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । आव २०७२/७३ को पुसबाट निर्माण थालिएको भवनको अहिलेसम्म ४२ प्रतिशत काम सम्पन्न भएको छ । 

बगनासकालीमा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत रु एक करोड ४१ लाखको लागतमा दर्लमडाँडा स्वास्थ्य चौकीको भवन २०७४ असोज २४ गतेदेखि बनिरहेको छ ।  

बगनासकालीमै रु एक करोड ४२ लाखको लागतमा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत यम्घा स्वास्थ्य चौकीको भवन पनि बनिरहेको छ । भवनको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको छ ।

तिनाऊ गाउँपालिकामा रु एक करोड ३७ लाखको लागतमा इको विल्डर्स कम्पनीमार्फत दुईतले कचल स्वास्थ्य चौकीको भवन निर्माण भइरहेको छ भने पूर्वखोला गाउँपालिकामा रिङ्नेरह स्वास्थ्य चौकीको निर्माण कार्य सकिएको छ ।

तानसेन नगरपालिकामा रु एक करोड ३७ लाखको लागतमा बरुण कन्स्ट्रक्सन प्रालिमार्फत बौघागुम्बा स्वास्थ्य चौकीको भवन आव २०७५÷७६ मा नै निर्माण सकिएको छ । निर्माणाधीन भवन निरन्तर अनुगमन गर्ने कार्य भइरहेको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय प्रदेश नं ५ रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेयले बताउनुभयो ।  

स्वास्थ्योपचारमा सहजता ल्याउन जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य संस्थाका भवन बनाउने कामलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

रिब्दिकोट गाउँपालिका–२ को खस्यौली स्वास्थ्य चौकीमा ४०० परिवारका लागि नर्सिङ् आवासीय भवन बन्दैछ । कर्मचारी कन्ट्रक्सन प्रालिमार्फत रु ९८ लाखको लागतमा बनिरहेको यस भवनको अहिलेसम्म ९५ प्रतिशत काम सकिएको छ ।

त्यस्तै रम्भा गाउँपालिकाको बिरकोट र रिब्दिकोट गाउँपालिकाको पालुङ्गमैनादीमा आयुर्वेदिक औषधालयको भवन निर्माणार्थ टेण्डर आह्वान भएको छ । रामपुर नगरपालिकामा पनि १५ शय्याको आयुर्वेदिक औषधालयको भवन बनाउन लागत अनुमान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ