2026-09-13 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरा : जगन्नाथका सबै वडा जोडिए सडक सञ्जालमा

वैशाख १५, बाजुरा । बाजुराको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाका सबै वडाहरु सडक सञ्जालसँग जोडिएका छन् । दुर्गम गाउँपालिकाका रूपमा रहेको सो गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोडिएका हुन् । सबै वडामा सडक जोडिएपछि स्थानीयवासी खुशी भएका छन् ।

कर्णाली करिडोरलाई ‘जिरो प्वाइन्ट’ मानेर प्रत्येक वडा कार्यालयको केन्द्रसम्म सडक सञ्जाल जोडिएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभएको छ । वडा कार्यालयसम्म सडक सञ्जाल जोड्न गाउँपालिकाले हालसम्म रु तीन करोड ७७ लाख खर्च गरेको छ ।

सबै वडामा सडक सञ्जाल जोडिने जगन्नाथ जिल्लाको पाँच गाउँपालिकामध्ये पहिलो गाउँपालिका हो । सडक सञ्जालमा जोडिएपछि गाउँसम्म जानआउन सहज भएको छ । तर कर्णाली करिडोरको बाटो पूर्णरूपमा सञ्चालनमा नआएकाले यातायातका सेवा नियमित गर्न असजिलो भएको अध्यक्ष शाहीले बताउनुभएको छ ।

सडक बाटोमा सवारीका साधनसँगै मोटरसाइकल र खच्चडलाई पनि थप सजिलो भएको वडा नं ३ का अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाले यो आर्थिक वर्षमा सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनाइएको छ ।

 कर्णाली करिडोरदेखि मालिकासम्म जान सो सडकको समेत ‘सर्भे’ भएर ठेक्काको काम शुरु गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले जानकारी दिनुभयो । सडक सञ्जालसँगै प्रत्येक टोलटोलमा खानेपानी व्यवस्था गर्न तीन वडाका टोलमा धारासमेत निर्माण गरिएको गाउँपालिकाका सूचना अधिकारी गोकर्ण रेग्मीले जानकारी दिनुभयो ।

 स्थानीयले सहजै विकासको आभास गर्न सकुन् भनेर सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षाजस्ता अति आवश्यक पर्ने पूर्वाधारलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।

किसानले गरे बाटो मर्मत

जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीका स्थानीयवासीले श्रमदान गरी बाटो मर्मत गरेका छन् । सदरमुकाम मार्तडीदेखि रजाली जाने मूल बाटो स्थानीयवासीले श्रमदान गरी मर्मत गरेका हुन् । आउनजान असहज भएपछि श्रमदानबाट मर्मत गरिएको रजाली युवा समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।

रजाली युवा समूह, वडास्तरीय बाल अधिकार मञ्च र महिला अधिकार मञ्चको संयुक्त सहकार्यमा शनिबार खारगाडदेखि ठाटीकाँधसम्म करीब दुई किलोमिटर बाटो मर्मत गरिएको हो । ‘आफ्नो गाउँ आफँै बनाऔँ’ भन्ने मान्यताअनुसार नै स्थानीयवासीले बाटो मर्मत गरेका हुन् ।

बाटो बिग्रिँदै जाँदा तरकारी खेती ओसारपसारमा समस्या हुने भएपछि स्थानीयवासीले आफ्नै सक्रियतामा बाटो मर्मत गरेका हुन् । बाटो मर्मतमा करीब १५० बढी मर्मत कार्यमा सहभागी थिए । उनीहरुले हातमा कोदाली, साब्ला, सहितका उपकरण ल्याएर काम गरेका हुन् ।

बाटो बिग्रिँदै गएको, रातोमाटो भएको, बाटो चिप्लो बनेको र तरकारी बोकेर ल्याउन असहज हुने भएपछि किसानले आफँै बाटो मर्मत गरेको बताएका छन् । नगरपालिकाले सडक बाटो सञ्चालनमा ढिलाइ गरेपछि किसानले तरकारी बोकेरै मार्तडी ल्याउने गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले