२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चमेलिया वरपर अझै अन्धकार

२०७६, २१ बैशाख शनिबार १६:४४

नरेन्द्रसिंह कार्की | वैशाख २१, दार्चुला (रासस) | शैल्यशिखर नगरपालिका–१ शिखरमा उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजना वरपरको क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का लगाइएको डेढवर्षसम्म पनि विद्युतीकरण पूरा हुननसक्दा अझै यो क्षेत्र अन्धकार छ । 

यो क्षेत्रमा उत्पादन गरिएको विद्युत्ले सुदूरपश्चिमका विभिन्न जिल्लामा उज्यालो बनाउँदा आयोजना क्षेत्र वरपर अझै अन्धकार छ । विसं २०७४ माघ २७ गते चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गर्दा चमेलिया प्रभावित क्षेत्र वरिपरी तीन महीनाभित्रै विद्युतीकरण हुने बताइए पनि डेढवर्षसम्म काम पूरा नहुँदा अन्धकार भएको हो ।

प्रभावित क्षेत्रका स्थानीयवासीले विद्युत् नपुर्याई उद्घाटन गर्न नहुने आवाज उठाएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चमेलिया वरपरको क्षेत्रमा तीन महिनाभित्रै विद्युतीकरण गरिने बताउनुभएको थियो । निर्माण शुरु भएको ११ वर्षपछि विद्युत् बलेको थियो । लामो समय लगाएर निर्माण सम्पन्न भएको चमेलियाले सुदूरपश्चिममा लोडसेडिङ अन्त्य गरेपनि चमेलिया वरपरका दार्चुला र बैतडीका स्थानीयवासीले विद्युत् बाल्न पाएका छैनन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् प्रभावित क्षेत्रमा विद्युत् विस्तारका लागि आर्थिक वर्ष ०७४/७५ मै बोलपत्र आह्वान गराए पनि अझै कार्य पूरा हुनसकेको छैन् । निर्माण व्यवसायीको लापरवाहीले प्रभावित क्षेत्रका स्थानीयवासीले डेढवर्षसम्म पनि विद्युत् पाएका छैनन् । अहिले पनि निर्माण व्यवसायीले काममा दिलासुस्ती गर्दा ढिलाइ भइरहेको शैल्यशिखर–१ शिखरका स्थानीयवासी लालबहादुर विकले बताउनुभयो । 

“गाउँ वरिपरी विद्युत्का पोल गाडिएका छन्, तार तानिएका छन्, तर स्थानीयवासीले विद्युत् बाल्न पाएका छैनन्”, उहाँले भन्नुभयो, “यहीँबाट उत्पादन गरिएको विद्युत्ले सबैक्षेत्र झकमक उज्यालो बनाउँदा यहाँका सयौं घरधुरीले उज्यालो बाल्न पाएका छैनन् ।”

प्राधिकरणले कूल रु ९८ लाख बजेट विनियोजन गर्दै बोलपत्र आह्वान गरेकामा अमृत कन्ट्रक्सन प्रालिले कूल रु २७ लाख नौ हजारको लागतमा बोलपत्र हालेको थियो । झण्डै तेब्बर कम बजेट घटी रकममा ठेक्का हालेको निर्माण व्यवसायीले अहिले काममा ढिलासुस्ती गरेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख मीनराज पन्तले बताउनुभयो । 

 निर्माण व्यवसायीले ०७५ असार १९ गते सम्झौता गरेको थियो । चार महीनाभित्रै कामसक्ने गरी सम्झौता भएको कम्पनीले अझै काम पूरा गरेको छैन् । “पटक/पटक म्याद थप्ने काम भइरहेको छ, हामीले निर्माण व्यवसायीलाई ताकेता गरेका छौ”, उहाँले भन्नुभयो ।

प्रभावित क्षेत्र शैल्यशिखर र बैतडीको डिलाशैनी गाउँपालिकाको क्षेत्रमा विद्युत् विस्तार गरिने गरी बोलपत्र आह्वान गरिएको थियो । प्रभावित क्षेत्र अन्तर्गत छेट्टा, सिमार, खैरान, बगडी, तल्लोबगडी, बत्थई, भइकडा, टुँडा, बलाँच, वारिल, सिजिवन, थुम, थाला, देथला, जोगेडा, मकन्ना लगायतका गाउँमा विद्युतीकरणका लागि बोलपत्र भएको हो । 

“सम्झौता अनुसार कात्तिक मङ्सिरमै विद्युत् बाल्नुपर्ने हो”, उहाँले भन्नुभयो, “तर अझै काम बाँकी छ ।” ठेक्का सम्झौतामा प्राधिकरणबाट प्राप्त बजेटले ४५० विद्युत् पोल, ११ केभीएका १० किलोमिटर प्रशारणलाइन विस्तार गरिने लक्ष्य थियो । सो सम्झौतामा २० किलोमिटर शाखा लाइन विछ्याइनुका साथै आठ वटा ट्रान्सफार्मर राखिने उल्लेख छ । वितरण केन्द्रका अनुसार २५ र ५० केभिए क्षमताका ट्रान्सफार्मर राखिने छन् ।

उक्त क्षेत्रमा काम गर्दै आएका निर्माण व्यवसायीका प्रतिनिधि लोकश आगारीले भने काम भइरहेको बताउनुभयो । बीचमा सामान ल्याउन नसक्दा केही ढिलाइ भए पनि अहिले काम सुचारु रहेको उहाँको भनाइ छ । चमेलियामा उत्पादन गरिएको विद्युत् सदरमुकाम खलङ्गा ल्याउने काम पनि प्रभावित भएको बताइएको छ । 

विद्युत् ल्याउने क्षेत्रमा सामुदायिक वन परेका कारण समस्या भएको छ । खलङ्गा विद्युत् ल्याउन महाकाली नगरपालिकाको थालीगाडमा विद्युत् सव स्टेशन निर्माण गरिएको छ । अहिले चमेलियादेखि सदरमुकामसम्म विद्युत् ल्याउन पोल गाड्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ