२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऐतिहासिक ठुलीपोखरीको संरक्षण हुँदै, डिमुवा–राम्जा सडक कालोपत्र

२०७६, २१ बैशाख शनिबार १७:०७

लक्ष्मीप्रसाद सापकोटा | वैशाख २१, पर्वत (रासस) | ऐतिहासिक पहिचान बोकेको नेपालकै ठूलो मानवनिर्मित पोखरीको संरक्षण गर्न शुरु गरिएको छ । कुश्मा नगरपालिका–१२ मा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत  रु २५ लाख विनियोजन गरिएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको पहलमा उक्त रकम विनियोजन गरिएको हो । पानीको स्रोत र व्यवस्थापनको अभावमा पोखरी चुहिएर अस्तित्व नै सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि स्थानीयवासीले चासो देखाएका थिए । चालू आर्थिक वर्षदेखि नै उक्त पोखरीको संरक्षणको काम शुरु हुने बताइएको छ । 

साविक ठुलीपोखरी गाविसको बीच भागमा रहेको उक्त पोखरी करीब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । एक सय वर्षभन्दा पहिले यो पोखरीको निर्माण गरिएको बताइन्छ । अहिले पोखरीबाट पानी चुहिने र वर्षायाममा समेत सुख्खा जस्तै हुने भएकाले संरक्षणको काम थालिएको ठुलीपोखरीका वडाध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशबाट विनियोजन भएको रकमले यसै आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने तयारी गरिएको छ । 

पोखरी संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत काम हुने भएको छ । उक्त पोखरीमा वर्षायाममा दुई महीनामात्रै पानी भरिने र बाँकी १० महीना सुख्खा हुने गरेको छ । अबदेखि पोखरीमा बाह्रैमास पानी भरिराख्ने, पोखरीको बीचमा मन्दिर निर्माण गर्ने र डुङ्गा सञ्चालन गरी पर्यटकीय हिसाबले विकास गर्ने योजना रहेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

पोखरीको चारै भागमा प्लाष्टर गरी पानी चुहिनबाट रोक्नुका साथै यसलाई स्थानीयवासीको आयआर्जनसँग जोड्ने लक्ष्य रहेको स्थानीय ढाकाराम सापकोटाले बताउनुभयो । जिल्लाकै पहिचानसँग जोडिएको यो पोखरीको संरक्षण भएमा ऐतिहासिकता र मौलिकता कायम हुने स्थानीयवासीको अपेक्षा छ ।

डिमुवा–राम्जा सडक कालोपत्र 

छ महीना पहिलेदेखि अलपत्र अवस्थामा रहेको डिमुवादेखि राम्जा चित्रे जोड्ने डिमुवा–राम्जा सडक कालोपत्र गर्ने कार्य सञ्चालन भएको छ ।  पर्वतको दोस्रो व्यापारिक केन्द्र तिलाहार गाविसको डिमुवादेखि राम्जासम्म जोड्ने सडक कालोपत्र गर्ने काम कार्यान्वयन गर्ने निकायको टुङ्गो नहुँदा गत कात्तिकदेखि अलपत्र थियो । 

पूर्वाधार विकास कार्यालयका अनुसार डिमुवा–राम्जा सडकमा सात किलोमिटर पक्की गर्ने काम सञ्चालन भएको छ  । सडक डिभिजनअन्तर्गत रहेको सडक कार्यान्वयन गर्ने निकायको टुङ्गो नहुँदा काम रोकिएको थियो । “अहिले सडक प्रदेश मातहतमा आएपछि निर्माण व्यवसायीको म्याद थपेर कालोपत्र गर्ने कार्य सञ्चालन गरिएको छ” कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर दयाराम अधिकारीले भन्नुभयो, “असोजसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणकार्य शुरु भएको छ ।”

विसं २०७३ मङ्सिर २४ बाट निर्माणकार्य शुरु भए पनि तीन तहका निर्वाचनका कारण पनि सडक निर्माणले गति लिएको थिएन । सडक निर्माण पूरै रोकिएको अवस्थामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलपछि सडक निर्माणकार्य सञ्चालन भएको बताइएको छ ।

सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवाले काम गर्दै आएको छ । अहिलेसम्म सडक चक्लाबन्दी गर्ने, टेवा पर्खाल लगाउने काम सम्पन्न भएको र केही स्थानमा जाली भर्ने र पर्खाल लगाउने काम बाँकी रहेको निर्माण कम्पनीका साइड इन्चार्ज हरि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ६५ प्रतिशत काम सकिएको छ । 

उक्त सडक कालोपत्र भएपछि जिल्लाका तिलहार, राम्जा, चित्रे तथा कुश्मा नगरपालिकाको ११ नं वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएपछि पर्यटकीयस्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा घरबास सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित