Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियाको लठुवाघाट पुल उद्घाटन

By साझासवाल

जेठ ११, राजापुर (रासस) | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बर्दियाको लठुवाघाट पुल उद्घाटन गर्नुभएको छ ।

बारबर्दिया र मधुवन नगरपालिका जोड्ने बबई नदीमा रहेको लठुवाघाट पुलको उद्घाटन गर्दै मन्त्री महासेठले सरकारले अहिलेसम्म ८०० किलोमिटर कालोपत्र सडक, १०० बढी पुल तथा एक हजार ५०० किलोमिटर सडक ग्राभेल निर्माण सम्पन्न गरिसकेको दाबी गर्नुभयो । मन्त्री महासेठले छिट्टै नै पूर्वपश्चिम राजमार्ग चौडा गर्ने र एक हजार किलोमिटर रेलमार्ग निर्माणको काम शुरु गर्ने बताउनुभयो ।

बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको सो पुलको लम्बाइ २७७ दशमलव ७० मिटर रहेको छ । रु १६ करोड ४७ लाख १० हजारको लागतमा सो पुल निर्माण कम्पनी कन्काई सेवा जेभीले २०६९ असार २० गतेदेखि निर्माण शुरु गरेको थियो । पुल निर्माणपश्चात् मधुवन र बारबर्दिया नगरवासीलाई आवतजावत गर्न सहज हुने भएको छ ।

जेठ १५ गते हुने बजेट भाषणले बर्दियावासीमा खुशियाली छाउने बताउँदै मन्त्री महासेठले अहिलेको बजेटमा बर्दियाका धेरै राम्रा योजनाको शुरुआत हुने खुलासा गर्नुभयो । पहाडी क्षेत्रमा पनि थुप्रै नयाँ सडक खोलेको बताउँदै मन्त्री महासेठले बर्दियाको मूर्तिहा–भुरिगाउँ, सुर्खेत–तेलपानी सडक निर्माणका लागि आगामी बजेटले सम्बोधन गर्ने पनि बताउनुभयो ।