२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मासिक ३ हजार बृद्धभत्ता भएपछि छायो खुसी

२०७६, १५ जेष्ठ बुधबार १९:०२

सम्राट सिंह | जेठ १६, बझाङ | आगामी आर्थिक बर्षबाट बृद्ध भत्ता बढ्ने भएपछि बृद्घहरुमा खुसी छाएको छ । बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा बृद्ध भत्ता एक हजार रुपैयाँले बृद्धि गरेपछि बृद्घहरुमा खुसी छाएको हो । 

बृद्घ भत्ता बढाएर ३ हजार पुर्याउने सरकारको जय होस मष्टा गाउँपालिका घर भएकी ७८ बर्षिया राममती सिंहले भनिन् उनले सरकारले असक्त बुद्घ–बृद्घाको लागि बृद्घ भत्ता बढाएर बुढेसकालको साहारा बनेकोमा खुसी प्रकट गरिन । यस अघि मासिक २ हजार रहेको भत्ता आगामी आर्थिक बर्षबाट ३ हजार हुनेछ । 

बनभोज कार्यक्रम आयोजना गरी संस्थाले गर्यो प्रगति समिक्षा

जिल्लाको एक गैर सरकारी संस्थाले बनभोज कार्यक्रमको आयोजना गरी संस्थाको प्रगति समिक्षा गरेको छ । बुधबार प्रगतिशिल समाज नामक संस्थाले सुर्मा गाउँपालिका अन्र्तगत विद्युत गृह नजिक बनभोज कार्यक्रम को आयोजना गरी संस्थाको सम्पूर्ण प्रगतिको समिक्षा गरेको हो ।

प्रगतिशिल समाजले जिल्लाको खप्तड छान्ना गाउँपालिका,थलारा गाउँपालिका, बुंङगल नगरपालिका,मष्टा गाउँपालिका र सुर्मा गाउँपालिकामा मानसिक स्वास्थ्य ,अपाङता र मातृ तथा शिशु स्वास्थ्य सम्बन्धि काम गर्दै आएको छ । 

संस्थाले हालसम्म गरेका सम्पूर्ण प्रगति विवरणहरु बारे संञ्चारकर्मीहरु सँग छलफल गरी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे सुझाव समेत लिएको छ  । 

२०६० सालमा स्थापना भएको प्रगतिशिल नामक संस्थामा जिल्लामा विभिन्न क्षेत्रमा सफल रुपमा काम गर्दै आएको थलारा गाउँपालिका आनन्द रोकायाले बताए । जिल्लाका अन्य संस्थाहरुले पनि समाजमा पछि परेका बर्गहरुका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

बनभोज कार्यक्रममा संस्थामा आवद्घ फिल्ड सुपरभाइजर बिष्णा बम,पार्वती सिंह र सामाजिक परिचालक धन बहादुर बोहोराले सफलताका कथाहरु पनि सुनाएका थिए ।

बनभोज कार्यक्रममा प्रतितिशिल समाजका कार्यक्रम संयोजक लवराज जोशीले गाउँमा अपाङता भएका, मानसिक सन्तुलन गुमाएका मानिसहरुका लागि मानसिक स्वास्थ्य, मातृ तथा शिशु स्वास्थ्य लगायत कार्यक्रम लिएर गाउँमा गई सेवा दिन पाउँदा अन्त्यन्त खुसी भएको बताए ।

बनभोज कार्यक्रममा युएमएन बझाङका कार्यक्रम अधिकृत कविता गुरुङ, निशान दुलाल, जिल्लाका पत्रकार, परोकारी संस्थाका पदाधिकारी, प्रगतिशिल समाजका पदाधिकारी एवं कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

संस्थाले हालसम्म गरेका विभिन्न कार्यक्रमहरु सकारात्मक भएको भन्दै प्रगतिशिल समाजका अध्यक्ष रमेस केसीले आगामी दिनमा समाजमा प्रत्यक्ष लाभ हुने खालका कार्यक्रहरु गरी ग्रामिण भेगका बासिन्दाहरुलाई सेवा दिन अगाडि बढ्ने बताए ।

फोटो क्याप्सन ः प्रगतिशिल समाज ले आयोजना गरेको बनभोज कार्यक्रमका दृश्यहरु तस्बीर सम्राट सिंह


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ