२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा काउण्टर सुविधाहरु थप

२०७६, २१ जेष्ठ मंगलवार ०९:४९

जेठ २१, काठमाडौँ  । सांग्रिला डेभलपमेन्ट बैंकले संध्याकालिन काउण्टर तथा होलीडे काउन्टरको सुविधाहरु थप गरेको छ ।देशभरका विभिन्न शाखा कार्यालयहरुमा जेठ १५ गते देखि संध्याकालिन काउण्टर तथा जेठ १८ गते देखि होलीडे काउन्टरको सुविधाहरु थप गरिएको बैंकले जनाएको छ । 

८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको हो । थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गरिएको बैंकले जनाएको छ । 

सार्वजनिक विदाको समयमा पनि बैंकले सेवा प्रदान गर्न शुरु गरिएको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट जेठ १८ बिहान १० बजे देखि ३ बजे सम्म ग्राहकवर्गको निम्ति बैंकिङ सेवा खुल्ला रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक