२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

२०७६, २६ जेष्ठ आईतवार ०५:५३


जेठ २६ ,नवलपरासीन (रासस )पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ ।

 समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता समूहलाई वन कार्यालयले अर्काे आदेश नभएसम्मका लागि कुनै पनि काम कारवाही नगर्न निर्देशन दिएको हो ।

 अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको अवस्थामा स्थानीय उपभोक्ताले रङ्गेहात नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएका थिए । सोधपुछको क्रममा उपभोक्ता समूहका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा ठाडो रुख कटान गरेको भन्ने उजुरीपछि डिभिजन वन कार्यालयका प्रमुख अजित कर्णले स्थलगत निरीक्षण पनि गर्नुभयो ।  

अनुगमनको क्रममा वन समूहको काम शङ्कास्पद देखिएपछि समूहका सम्पूर्ण काम कारवाही अर्काे आदेश नभएसम्मका लागि बन्द गर्न निर्देशन गरिएको डिभिजन वन कार्यालय परासीका प्रमुख अजित कर्णले जानकारी दिनुभयो ।

 सुनवल–४ मा उपभोक्ता समूहका कर्मचारीले डिभिजन वन कार्यालयबाट कटान आदेश नै नलिई रु ३५ लाखबराबरको काठ रातिको समयमा कटान गरी कटानस्थलभन्दा बाहिर बेवारिसे फालेको अवस्थामा स्थानीय उपभोक्ताले फेला पारेका थिए । उपभोक्ता समूहले तस्करले काटेको काठलाई संरक्षण गरेकोे भन्दै टारेको थियो ।

स्थानीय उपभोक्ता र वन समूहको कुरा बाझिएपछि सवडिभिजन वन कार्यालयमा उजुरी दिइएपछि डिभिजन वन कार्यालयले सहायक वन अधिकृत मोसाफिर भगतको संयोजकत्वमा गठित छानबिन समितिले काठ कटान वैधानिक भएको भन्दै गलत प्रतिवेदन दिएपछि उपभोक्ता आक्रोशित भएका थिए ।

स्थलगत निरीक्षण गर्दै डिभिजन वन कार्यालयका प्रमुख कर्णले उक्त उपभोक्ता समूहको बैंक खाता रोक्का गर्नुका साथै अर्काे छानबिन समिति गठन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उपभोक्ता समूहका पदाधिकारीसहित सवडिभिजन वन कार्यालय सुनवलका प्रमुख रवीन्द्र जिसी र छानबिन समितिका संयोजकसमेत रहनुभएका सहायक वन अधिकृत मोसाफिर भगत पनि अनुसन्धानको दायरामा परेको प्रमुख कर्णले बताउनुभयो ।

वन कार्यालयका अधिकृतले मिलेमतोमा आर्थिक चलखेलमा परी गलत कामलाई नियमअनुसार कटान गरिएको भन्ने मुचुल्का बनाएर घटना ढाकछोप गरेको सुनवल–४ का उपभोक्ता खड्ग बस्नेतले बताउनुभयो । सहायक वन अधिकृत मोसाफिर भगतले भने सवडिभिजन कार्यालय सुनवलले आफ्नै रोहवरमा रुख कटान भएको भन्ने प्रतिवेदन दिएको आधारमा बदमासी नभएको प्रतिवेदन दिएको बताउनुभयो ।स्थलगत निरीक्षणबिनै विवादित अधिकृतको प्रतिवेदनको आधारमा मात्रै निर्णय गरिनु पदको दुरुपयोग भएको सुनवल–४ का उपभोक्ता रामप्रसाद ढकालको भनाइ छ । मुलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव यज्ञप्रसाद पाण्डेले भने आफूहरुले  विधान र नियमानुसार काम गरेको प्रतिक्रिया दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक