2026-09-14 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असिनापीडितलाई राहत

जेठ २८, पर्वत | असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ ।यही जेठ ९ गतेको असिनापानीले बालीनालीसँगै घरबास गुमाएकापरिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतबार र सोमबार गाउँमै पुगेर राहत वितरण गरेको हो । मोदी गाउँपालिका–७ राम्जा देउरालीका ५२ पीडित परिवारलाई क्षतिकोविवरणअनुसार रु एक लाख ९८ हजार वितरण गरिएको हो ।असिनाले घरको छाना पूर्णरूपमा भत्किएका परिवारलाई रु छ हजार, आंशिक क्षति भएकालाई चार हजार र सामान्य क्षतिभएकालाई रु दुई  हजारका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार १५ जनाको घरको छाना पूर्णरूपमा क्षति भएको छ भने १७ को आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमा क्षति पुगेको पाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पीडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन् । बालीनालीको क्षति भने सम्बन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।असिनाले घरको छाना बस्नै नहुने गरी छोडिदिएको छ, प्रशासनबाट थोरै भए पनि राहत पाउँदा खुुशी लागेको स्थानीयपीडित हुमबहादुर क्षेत्रीले बताउनुभयो । असिनाले जिल्लाका सातै स्थानीय तहका कृषक मारमा परेका छन् । व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफूल, अन्नबाली र बीउबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । तरकारी पकेटअन्तर्गत झण्डै रु ५० लाखका टनेल नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ भने तीन करोडभन्दा बढीको तरकारी र अन्नबाली नष्ट गरेको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । सबैभन्दा बढी मोदीमा र कुश्मा, फलेवास, महाशिला, र पैँयुमा समेत असिनाले नोक्सानी पु¥याएको छ । जिल्लाका अन्य क्षेत्रका असिनापीडित परिवारलाई पनि राहत वितरणका लागि सिफारिस गरेर पठाइएको र बजेट निकासा हुने बित्तिकै वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभएको छ । विशेष गरी तरकारी र मकै बालीमा ७० प्रतिशतभन्दा बढी क्षति पुगेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने