2026-07-10 05:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाग्लुङमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त

2019-06-17

हेम विश्वकर्मा असार २, बागलुङ | जिल्ला समन्वय समिति बागलुङले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना  निर्माणमा ढिलाइ भएको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित निकायसंग माग गर्ने निर्णय गरेको छ । 

जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा आइतवबार जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नं ९ मा बसेको समितिको १६ औँ बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु उत्तरगंगा जलबिद्युत् आयोजना, मध्य पहाडी लोकमार्ग, कालिगण्डली करिडोर, सालझन्डी ढोरपाटन सडक खण्ड लगाएतका संरचनाहरुको अनुगमनका क्रममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानार्कषण गराएको छ । 

सोही  क्रममा समितिका प्रमुख ढुंगानाले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ  । विकाससँग सम्बन्धित ती आयोजनालाई छिटो अघि बढाउन केन्द्र र प्रदेश सरकार चनाखो हुनुपर्ने र ठेकेदार कम्पनीलाई खबरदारी गरीनुपर्ने ढुंगानाको भनाई छ । 

बागलुङको ढोरपाटन नगरपालिकाको उत्तरगंगा नदीलाई निसीखोला गाउँपालिकामा सुरुङ मार्फत खसालेर निर्माण गरिने भनिएको, उत्तरगंगा जलाशययुक्त विद्युत् आयोजना राष्ट्रको हित, जनताको चाहना अनुसार बागलुङमै निर्माण गरी  ८ सय २८ मेगावाट क्षमताको बिद्युतलाई समृद्धि सँग जोड्न सकिने उप-प्रमुख  बिष्णु भुसालले जानकारी दिनुभयो । त्यसका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने भन्दै उपप्रमुख भुसालले सञ्चालन प्रक्रियामा आएको अवरोधलाई तत्काल समाधान गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको हो । 

नेपालको एकमात्र सिकार आरक्ष भएको पर्यटकिय क्षेत्र ढोरपाटनको बिकास र पर्यटन प्रर्बद्धन तथा बिकास निर्माणको बिषयमा सरकारको ध्यानाकर्षण समेत गराएको छ । जिल्लाका स्थानियतह हरुमा सम्झौता भइरहेका अन्य सडक योजना, मोटरेवल पुल, स्वास्थयचौकी लगाएतका संरचनाहरुमा भइरहेका ढिलासुस्ती प्रति पनि समितिले  खबदारी गरिरहेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो