2026-09-14 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ढोरपाटनमा तत्काल विद्युत परियोजनाको काम सुरु गर्न अनुरोध

कमल पौडेल असार २,बागलुङ | ढोरपाटन क्षेत्रमा सञ्चालन हुने भनिएको ८ सय २८ मेगावाट क्षमताको उत्तरगंगा जलाशय युक्त विद्युत परियोजना अन्योलमा परेको भन्दै जिल्ला समन्वय समिति बागलुङले योजना सुरु गर्न सरकारलाई आग्रह गरेको छ। आइतवार ढोरपाटन नगरीमै बैठक वसि निसिखोला गाउँपालिकामा निर्माण गर्ने गरि संभाव्यता अध्ययन भैसकेको आयोजना सुरु गर्न केहि वाधा उत्पन्न भएको सुचना आएको भन्दै तत्काल आवश्यक पक्षसंग समन्वय गरि तोकिएकै स्थानमा परियोजना सुचारु गर्न माग गरेको हो।

पहिलो पटक ढोरपाटन उपत्यकामै वसेको बैठकले जिल्लामा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुलाई द्रुत गतिमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। जिल्लामा मध्यपहाडि लोकमार्ग, कालिगण्डकी करिडोर लगाएतका आयोजनाहरु सञ्चालन रहेका छन् । ठूलाआयोजनामै कार्य सम्पादनमा ढिला सुस्ती भएको भन्दै समयमै सम्पन्न गर्न सम्बन्धित आयोजनाहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सडक, पुल, स्वास्थ्य चौकी भवन लगाएतका भौतिक योजनाहरुमा ढिला सुस्ती भएको तथा कमसल भएको गुनासो आएको भन्दै सम्झौता अनुसार समय र गुणस्तरमा सम्पन्न गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैठकले पर्यटकिय नगरी ढोरपाटनमा गण्डकी प्रदेशको मन्त्रिपरिषद्को वैठक राख्न अनुरोध गर्ने निर्णय गरेको छ। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, उपप्रमुख विष्णु भुसालले ढोरपाटनको महत्व तथा सम्भाव्यता को सन्दर्भमा प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने