2026-09-13 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला: हरेक घरमा धारा निर्माण

 नरेन्द्रसिंह कार्की,  असार  ८, दार्चुला । स् अपि हिमाल गाउँपालिका–५ का लुम्थी र साउगन्ना गाउँमा एक घर एक खानेपानीका धारा निर्माण गरिएको छ । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका उक्त गाउँका स्थानीयवासीका लागि घरघरमा खानेपानीका धारा निर्माण गरिएको हो ।

दुवै गाउँमा गरी एक सय पाँच घरमा खानेपानीका धारा तथा भाँडा सुकाउने चाङ निर्माण गरिएका छन् । लुम्थीपन्यार खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयभानसिंह धामीका अनुसार हरेक घरअगाडि खानेपानीका धारामा भाँडा सफा गरेपछि त्यही चाङमा सुकाउने व्यवस्था गरिएको छ । 

उहाँले भन्नुभयो, “बस्ती पूरै सफाइ हँुदै गएको छ, हरेक घरमा खानेपानीका धारा बनाइएपछि धारा तथा सरसफाइमा ध्यान दिइएको छ, साउगन्नामा बस्तीको नाम नै परिवर्तन गरी फूलबारी टोल कायम गरिएको छ, हिँड्न बाटो वरिपरि फूल रोपिएका छन् र धाराबाट गएको पानी तरकारीबारीमा लगाइएको छ ।” 

पानीको बहुउपयोग गरिएको उहाँले बताउनुभयो । विगतमा आधा घण्टा लगाएर टाढाको पानी बोक्न जानुपर्ने बाध्यता हटेको स्थानीयवासी निर्मला ठगुन्नाले बताउनुभयो । “अहिले आफ्नै घरआँगनमा व्यक्तिगत रुपमा धारा बनेपछि सबै खुशी छौँ, कहिल्यै यस्तो धारा गाउँमा आउँला सोचेका थएिनौँ”, उहाँले भन्नुभयो । 

लुम्थी बस्तीमा ४८ व्यक्तिगत र दुईवटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । लुम्थीमा खानेपानीका धारा निर्माणका लागि जलस्रोत विकास कोषबाट रु २१ लाख ५४ हजार, नेपाल सरकारबाट रु सात लाख ७४ हजार, फिनल्याण्ड सरकारबाट रु आठ लाख पाँच हजार र अपि हिमाल गाउँपालिकाको रु पाँच लाख ७४ हजार लागतमा खानेपानी योजना बनेको बताइएको छ । उक्त योजनामा जनश्रमदानबापत रु सात लाख १८ हजार खर्च लागेको छ ।

यस्तै सौगन्नामा तिम्ला चौलानी खानेपानी योजनाअन्तर्गत ५३ व्यक्तिगत र दुई वटा सार्वजनिक स्थानमा खानेपानी धारा निर्माण गरिएका छन् । त्यसमा नेपाल सरकारको रु १३ लाख १४ हजार, फिनल्याण्ड सरकारको रु १३ लाख ६८ हजार, गाउँपालिकाको रु नौ लाख ७५ हजार र जनश्रमदानबाट रु १२ लाख १९ हजार लागतमा योजना निर्माण सम्पन्न गरिएको छ । 

विगतमा मकै, गहुँ मात्रै लगाउने किसानले तरकारी, फलफूल जस्ता नगदेबाली लगाउन थालेका छन् । जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले हरेक काममा महिलालाई समस्या हुने गरेको अहिलेको अवस्थामा अपि हिमालका बासिन्दाका लागि खुशी दिन शुरु गरिएको बताउनुभयो । विकट बस्तीमा पुगेर शहरको भन्दा राम्रा धारा बनेको उहाँले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले चुनावको बेला जनतासँग गरेका वाचा पूरा हुँदै गएको बताउनुभयो । “स्थानीय चुनाव आउँदा यहाँ खानेपानीको निकै समस्या थियो, खानेपानीकै समस्या देखेर ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना आएपछि पहिलो प्राथमिकतामा लुम्थी र साउगन्ना गाउँमा नमूनाका रुपमा खानेपानी योजना सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

सहयोगी संस्था समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले छोटो समयमै वडा नं ५ का दुई गाउँका घर–घरमा खानेपानी पुगेकामा खुशी व्यक्त गर्नुभयो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले स्थानीय सरकारको प्राथमिकताअनुसार खानेपानी पहिलो चरणमा निर्माण गरिएको बताउनुभयो । निकट भविष्यमै वडा नं ३ र ४ का बस्ती समेट्ने गरी बृहत् कुरुमल खानेपानी योजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले