2026-09-13 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुक्लाफाँटा नगरपालिकाको बजेट ५६ करोड ८० लाख

असार १०, कञ्चनपुर (रासस) | शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ५६ करोड ७९ लाख ९१ हजारको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभामा नगरपालिकाका उप–प्रमुख तुलसीदेवी हमालले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 

वित्तीय  समानीकरण अनुदान (सङ्घीय सरकार) रु १४ करोड २७ लाख, राजश्व बाँडफाँटतर्फ रु ११ करोड ३७ लाख, वित्तीय समानीकरण सर्शत अनुदान रु १४ करोड २६ लाख, प्रदेश समानीकरण अनुदान रु ७३ लाख ९७ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँट रु ६१ लाख ४६ हजार तथा क्षेत्रीय शहरी विकास कार्यक्रमतर्फ रु दुई करोड ४९ लाख ७५ हजार प्राप्त हुनेछ । सामाजिक सुरक्षा अनुदान रु छ करोड ९५ लाख ४० हजार, तराई मधेश समृद्धि कार्यक्रम रु ५० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम रु ५० लाख ४१ हजार, समपूरक अनुदान रु दुई करोड ४९ लाख ७५ हजार, विशेष अनुदान प्रदेश सरकार रु ४२ लाख, गरीबसँग विश्वेश्वर कार्यक्रम रु तीन लाख ९४ हजार, सडक बोर्डबाट रु ३४ लाख ९८ हजार तथा आन्तरिक आय रु दुई करोड १५ लाख हुने अनुमान गरिएको छ । 

आगामी आवका लागि सशर्त अनुदानतर्फ कूल रु १४ करोड २६ लाख प्रस्ताव गरिएको छ । आव २०७६/७७ को जेठ मसान्तसम्म चालू र पूँजीगत खर्च गरी रु ३५ करोड २२ लाख ५९ हजार रहेको छ । असार मसान्तसम्म चालू र पूँजीगत गरी रु २३ करोड ३१ लख ४५ हजार रकम खर्च हुने अनुमान गरिएको छ । आव २०७५/७६ मा नगरपालिकाको आय रु ४७ करोड ७७ लाख तथा व्यय रु ४४ करोड ६४ हजार रहेको थियो । 

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख दिलबहादुर ऐरले कृषिको उत्पादकत्व बढाइने, उन्नत बीउविजन र औजारको प्रयोगमा जोड दिइने कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । नगरसभाको उदघाटन सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले