2026-09-13 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङका १० पालिकामा ६ अर्ब ३७ करोडको बजेट, कुनलाई कति ?

असार १०, घोराही । दाङका सबै स्थानीयतहले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १० वटै पालिकाले आज आयव्ययको अनुमान प्रस्तुत गरेका हुन् । 

घोराही र तुलसीपुर दुई उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती, गढवा, राजपुर, वङ्गलाचुली, दङ्गिशरण, बबई र शान्तिनगर गाउँपालिकाले एकैपटक बजेट सार्वजनिक गरेका हुन् । घोराही उपमहानगरपालिकाले रु एक अर्ब ७८ करोडको बजेट ल्याएको छ भने वडालाई चालू आर्थिक वर्ष जस्तै एक करोड बजेट विनियोजन गरेको छ । 

तुलसीपुर उपमहानगरपालिकाले रु एक अर्ब ७१ करोड बजेट ल्याएको छ भने प्रत्येक वडालाई तीन किलोमिटर पक्की बाटोसहित रु ६३ लाख बजेट विनियोजन गरेको छ । लमही नगरपालिकाले रु ६६ करोड बराबरको बजेट प्रस्तुत गरेको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । 

गाउँपालिकामध्ये सबैभन्दा बढी राप्ती गाउँपालिकाले रु ६० करोड बराबरको बजेट ल्याएको छ । पालिकाको प्रत्येक वडालाई रु ५४ लाखका दरले वडागत बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत जगत भुसालले जानकारी दिनुभयो । 

वङ्गलाचुली गाउँपालिकाले रु ४७ करोड ७० लाखको बजेट ल्याएको छ । यस पालिकाले प्रत्येक वडालाई रु ५० लाख बजेट छुट्याएको प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिनुभयो । त्यस्तै बबई गाउँपालिकाले रु ३४ करोड बराबरको बजेट ल्याएको उपाध्यक्ष सावित्रा विकले जानकारी दिनुभयो । उहाँका अनुसार वडालाई पालिकाले करीब रु ७० लाख बजेट छुट्टाएको छ ।

मानव विकासको सूचकाङ्कमा सबैभन्दा पछाडि परेको राजापुर गाउँपालिकाले सबैभन्दा कम रु २६ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । राजापुरले वडाको अवस्था, भौगोलिक विकटता, जनसङ्ख्याको आधारमा रु ६८ देखि रु ७४ लाखसम्म वडाका लागि बजेट विनियोजन गरेको छ ।

जिल्लाको पूर्व दक्षिणतर्फ पर्ने गडवा गाउँपालिको भने रु ४५ करोड बराबरको बजेट ल्याएको गाउँपालिका अध्यक्ष शान्ति चौधरीले जानकारी दिनुभयो । गढवाले पनि वडाको अवस्था हेरेर रु ६१ देखि रु ८० लाखसम्म वडागत बजेट विनियोजन गरेको छ । गाउँपालिकाले विशेषगरी पूर्वाधार र शिक्षा, स्वास्थ्यमा धेरै बजेट छुट्याएको पनि उहाँले जानकारी दिनुभयो । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने शान्तिनगर गाउँपालिकाले करीब ३४ करोड बराबरको बजेट ल्याएको छ भने दङ्गिशरण गाउँपालिकाले रु ३६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।

लमहीको बजेट रु ६५ करोड 

लमही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ करोड १४ लाख ९८ हजारको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभामा आव २०७६÷७७ को बजेट प्रस्तुत गर्दै उपप्रमुख देवाका बेल्वासेले आन्तरिक स्रोत तर्फ रु १५ करोड, सङ्घीय तथा प्रदेश सरकार समानीकरण स्रोत अनुदानतर्फ रु १५ करोड ११ लाख ३८ हजार र राजश्व वाँडफाँटतर्फ रु १३ करोड ३४ लाख ६० हजार र सशर्त अनुदानतर्फ रु १८ करोड १९ लाख प्राप्त हुने अनुमान गरिएको बजेट सार्वजनिक गर्नुभयो ।

बजेटमा चालू खर्च रु १३ करोड ५५ लाख ९८ हजार र पूँजीगततर्फ रु ५१ करोड ५९ लाख अनुमान गरिएको छ । विषयगत शाखाअन्तर्गत आर्थिक विकास शाखामा रु दुई करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा रु चार करोड, पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा बढी रु १५ करोड ९० लाख, वातावरता तथा विपद् व्यवस्थापनमा रु एक करोड ५० लाख, सुशासन तथा संस्थागत विकासमा रु ५० लाख, वडा पालिकालाई रु ९ करोड बजेट प्रस्तावित गरिएको छ । नगरसभामा एक मुष्टरुपमा मात्रै बजेट प्रस्तुत गरिएको छ । 

लमही नगरपालिकाले गुणस्तरीय शिक्षाको आधारशिला निर्माण, नागरिकको आधारभूत स्वास्थ्यको प्रत्याभूति, कृषि सेवा कार्यक्रम, पूर्वाधार विकास, विपद् व्यवस्थापन, वन तथा वातावरण संरक्षण, खेलकूद तथा युवा स्वरोजगारलगायतका कार्यक्रमलाई नगरको दिगो विकास क्षेत्र, नीति र प्राथमिकताको रुपमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन