२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बडिगाड गाउँपालिकाको गाउँ सभा सकियो, ५५ करोड ५७ लाख बजेट विनियोजन

२०७६, १२ असार बिहीबार ०५:३९

कमल पौडेल, असार ११, बागलुङ । बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित भएको छ। आइतवार सुरु भई बुधवार सम्पन्न भएको पाँचौं गाउँ सभाबाट सो निति कार्यक्रम तथा ५५ करोड ५७ लाख २८ हजार बराबरको बजेट पारित भएको हो।

अध्यक्ष मेयरसिंह पाइजाले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गरेको बार्षिक बजेट गाउँसभाले सर्वसम्मत पारित गरेको हो। बडिगाड गाउँपालिकाले पारित गरेको निति तथा कार्यक्रममा पूर्वाधारको विस्तार र पहुँच वस्तिस्तरमा पुर्याउने र विकासको अवसरलाई पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने जनाएको छ। सार्वजनिक श्रोतमा सवैको पहुँच वृद्धि गर्ने, कृषि क्षेत्रलाई गतिशिल बनाई गरिवि न्यूनिकरण गर्ने, विकास कार्यक्रम र आयोजनामा सरोकार वाला संग समन्वय गर्ने, सामाजिक विकृति न्यूनिकरण गर्ने र सुशासन प्रवद्र्धन गर्ने विषय नितिकार्यक्रमले प्रष्टाएको छ। गाउँपालिकाले बडिगाडलाई समृद्ध बनाउने आधार कृषि, शिक्षा, स्वास्थ्य पर्यटन र पूर्वाधार भएको भन्दै बजेटको व्यवस्था गरेको बताएको छ। बजेट मार्फत ‘भ्रष्टाचार हामीलाई छैन स्वीकार’ कार्यक्रम सुरुवात गर्ने, गाउँपालिकाको २५ वर्षे दिर्घकालिन योजना तर्जुमा गर्ने लगाएतका कार्यक्रम सावर्जनिक गरेको छ।


कृषि मुलश्च धनमः भन्ने नारा सहित कृषि र पशुपालनमा एक करोड ५० लाख वजेट विनियोजन भएको छ। लैगिक समानता तथा लक्षित कार्यक्रमको लागि एकिकृत रुपमा २० लाख वजेट विनियोजन गरेको छ। गाउँपालिका भित्रका मुख्य मुख्य सडकहरुलाई १२ महिना संचालन हुने व्यवस्था मिलाउने र त्यसकै लागी गाउँपालिकाकै हेवि इक्वीपमेन्टको व्यवस्था गर्ने भन्दै २ करोड ५० लाख वजेट विनियोजन भएको छ। ‘कोहि नहुनेको गाउँपालिका छ’, ‘मेरो गाउँपालिका म बनाउँछु’ कार्यक्रम लगाएतका कार्यक्रम संचालन गर्ने घोषणा बजेट मार्फत गरिएको छ। एक वडा एक कृषि कार्यक्रमलाई निरन्तरता दिने, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी कार्यक्रमलाई वडा तहसम्म पुर्याउने, ढाका तथा टपरी उद्योग स्थापना गर्ने लगाएतका कार्यक्रम पनि सार्वजनिक गरिएको छ। ढाका टपरी उद्योगको लागी २४ लाख बजेट विनियोजन गरिएको छ। बडिगाड गाउँपालिका भित्र सामुदायीक विद्यालयहरुमा नपुग दरवन्दि व्यवस्था गर्न तथा शैक्षिक स्तर वृद्धिको लागी ६५ लाख विनियोज गरिएको छ। भने प्रत्येक वर्ष बडिगाड रनिङ शिल्ड भलिवल प्रतियोगीता सञ्चालन गर्ने घोषणा गरिएको छ। राष्ट्रिय स्तरको खेलकुद कार्यक्रमको लागी २२ लाख ५० हजार वजेट विनियोजन गरेको छ। ९० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक ५ हजार चाडपर्व खर्च उपलब्ध गराउने गरि बजेटको व्यवस्था गरिएको छ। प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभावकारी कार्यान्वयन गराउने तथा बडिगाड सामाजिक कोष स्थापना गर्न ९ लाख वजेट विनियोजन गरिएको छ। त्यस्तै पत्रकारीताको विकासको लागी भन्दै २२ हजार २ सय २२ रुपैयाँको थानापति पत्रकारीता पुरस्कारको स्थापना गरिएको छ। विकास आयोजनामा ४० प्रतिशत स्टक्चरको काम गर्ने गरि व्यावस्थापन गरिएको छ। एक घर दश फलफुल विरुवा कार्यक्रम संचालन गर्न ५ लाख वजेट विनियोजन भएको छ। वडा नं. ३ को सिसाखानी ओखरबोट मोटरबाटो, वडा नं. १० को दर्लिङ रिङरोड, जलजला ताल्कोट बारीगाउँ सिरुखर्क खाराखोला मोटरबाटो, भिमगिठे दोवाटा लिफ्टिङ खानेपानी, रणसिँहकिटेनी वृहत खानेपानी, भानु आधारभुत विद्यालय निगलपानीको भवन व्यावस्थापन, असारे माझखर्क जेल पात्ले मोटरबाटो, दोभान पदमभिर पुरानो गाउँ मोटरबाटो, खामतले ओवाङ मोटरबाटोलाई रणनितिक महत्वको योजनामा समावेस गरि आगामी वर्ष सक्ने व्यवस्था मिलाएको जनाइएको छ। जसको लागी १ करोड ८० लाखको वजेट व्यवस्था गरेको छ।

त्यस्तै खानी तथा खनिज पदार्थ संरक्षण तथा उत्खनन्को लागी आवश्यक कार्यविधि निर्माण गरिने बताइएको छ। सवै योजनाहरुको भाद्र १५ भित्र उपभोक्ता समिति गठन गर्ने, असोज मसान्त भित्र सम्झौता गरिसक्ने, तथा समितिमा बस्ने उपभोक्ता अनिवार्य बडिगाड गाउँपालिकाले घोषणा गरेको सामाजिक कुरीति, विकृति तथा विसंगती त्याग्ने घोषणा गरेको हुनुपर्ने गरि निति निर्माण गरिएको छ।

त्यस्तै चालु खर्चमा ६ करोड ७० लाख, सशर्तमा २१ करोड ५ लाख, वडा स्तरीय योजनामा २ करोड १२ लाख, गाउँपालिका स्तरीय योजनामा ५ करोड ६० लाख खर्च गर्ने बजेटले घोषणा गरेको छ।

जसको लागी आर्थिक वर्ष २०७६÷७७ मा आन्तरिक राजश्ववाट २ करोड, नेपाल सरकारको राजश्व वाँडफाडबाट ९ करोड ३४ लाख, प्रदेश सरकारबाट राजश्व बाँडफाड बापत ४० लाख, गत वर्षको मौज्जात तथा हेवि इक्वीपमेन्टको आम्दानी समेत गरि १४ करोड २४ लाख आम्दानी हुने अनुमान गरिएको छ। त्यस्तै बाह्य तर्फ अन्तरसरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघिय सरकारबाट वित्तिय समानिकरण अनुदानबाट ११ करोड ४ लाख, प्रदेश सरकारबाट १ करोड २३ लाख गरि १२ करोड २७ लाख आम्दानी हुने वजेटले अनुमान गरेको छ। त्यस्तै संघिय सरकारबाट शसर्त अनुदान २० करोड ५ लाख, प्रदेश सरकारबाट १ करोड गरि २१ करोड ५ लाख आम्दानी हुने अनुमान गरिएको छ। सामाजिक सुरक्षा तर्फ ८ करोड आय हुने अनुमान गरिएको छ।

सभाले आर्थिक विद्येयक २०७६ र विनियोजन विद्येयक २०७६ समेत पारित गरेको गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा