२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घर निर्माण गर्दाअनिवार्य बिरुवा रोप्नु पर्ने नगरको नीति कार्यक्रम

२०७६, १३ असार शुक्रबार ०६:१४

असार १३, तनहुँ |  तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो ।

नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । “नगरभित्र निर्माण हुने घरधनीहरुले अनिवार्य रुपमा बिरुवा रोप्नुपर्नेछ”,उहाँले भन्नुभयो, “अन्यथा घर निर्माण सम्पन्नको प्रमाणपत्र जारी हुँदैन ।” 

नगरपालिकाका सबै वडामा रहेका सडकको वर्गीकरण गरी सडक किनारामा हरियाली प्रवद्र्धनका लागि वृक्षरोपण गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने जोशीले बताउनुभयो । “यस कार्यमा नगरको सुन्दरताका लागि एकरुपता कायम गर्ने गरी नगरपालिकाबाट बोटबिरुवाहरु उपलब्ध गराइनेछ”,जोशीले भन्नुभयो, “त्यस्ता बोटबिरुवाहरुको उत्पादन जग्गाधनीहरुले नै उपयोग गर्ने गरी संरक्षण गर्नुपर्नेछ ।”

नगरपालिकाले फूलैफूलको नगर बनाउने नीति लिएको छ । नगरको सुन्दरताका लागि सडक किनारा र पार्क तथा खुल्ला स्थानको प्राकृतिक सुन्दरता एवं वातावरणीय स्वच्छता कायम गर्न बहुउद्देश्यीय नर्सरी स्थापना गर्ने नीति नगरपालिकाले पारित गरेको छ । 

नगरपालिकाभित्र परम्परागत चौतारा र पोखरी संरक्षणलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख जोशीले बताउनुभयो । जोशीका अनुसार व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउन टोल विकास संस्थाहरुसँगको सहकार्य अघि बढाइने र वैकल्पिक झोला तयारी गर्नका लागि सहयोग प्रदान गरिनेछ । फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याई प्राङ्गारिक खेती प्रणालीसँग आबद्ध गरी अभियानका रुपमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ । 

खरको छानोमुक्त नगर

नगरपालिकाले खरको छानोमुक्त नगर अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७६-७७ मा खरको छानो भएका घरहरु जस्ताले छाउन नगरवासीलाई अनुदान दिइनेछ । नगरभित्र रहेका खरको छानो भएका घरहरुको अध्ययन गरी खर-स्याउलाको छानामुक्त नगरपालिका निर्माण गर्ने कार्यलाई तीव्रता दिइनेछ ।

विदेशबाट फर्किएका युवालाई सीपमूलक तालीम

विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउन व्यास नगरपालिकाले विभिन्न सीपमूलक तालीम प्रदान गर्ने भएको छ । स्वदेशमै बसेर उद्यम गर्न चाहने युवालाई लक्षित गरी नगरपालिकाले आगामी आर्थिक वर्ष सीपमूलक तालीम प्रदान गर्न लागेको हो ।

बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी उद्योग तथा कलकारखानासम्बन्धी तालीम दिइने व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले बताउनुभयो । उक्त कार्यक्रमका लागि नगरपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । “बेरोजगार तथा विदेशबाट फर्किएका युवालाई प्रदान गरिने तालीमले उनीहरुलाई स्वदशमै उद्यमी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ”,जोशीले भन्नुभयो ।

नगर एम्बुलेन्स सञ्चालन 

व्यास नगरपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । नगरवासीको स्वास्थ्य सेवालाई व्यवस्थित गर्न नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७६-७७ को नीति तथा कार्यक्रममा नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सञ्चालन गर्न लागेको उल्लेख गरिएको छ । नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुलाई नगरवासीको स्वास्थ्य सेवामा समर्पित र सेवामुखी एवं विश्वसनीय बनाइने उपप्रमुख जोशीले बताउनुभयो । उहाँका अनुसार एक वडा एक आधारभूत स्वास्थ्य केन्द्र र आवश्यक क्षेत्रमा नगर स्वास्थ्य संस्थाहरु सञ्चालनमा ल्याइनेछ । नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुलाई कार्यक्षेत्रको नक्साङ्कन गरी घर–घरमा स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्ने नीति नगरपालिकाले लिएको छ । 

साथै सञ्चालित वडाका स्वास्थ्य संस्थाहरुलाई आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयहरुमा महीनाको एक पटक बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरी परामर्श सेवा सञ्चालन गरिनेछ । 

वडा स्वास्थ्य केन्द्रहरुमा विभिन्न रोगहरुको परीक्षण गर्न घुम्ती प्याथोलोजी सेवाको व्यवस्था गरी नगरपालिकाभित्रका सबै वडामा बसोबास गर्ने प्रत्येक परिवारको स्वास्थ्य अवस्था झल्काउने अभिलेख तयार पारिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो