2026-09-13 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको घोराही उपमहानगर र चीनको यान सिटीबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर

असार १९, काठमाडौं | दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सिटबीच भगिनी सम्बन्ध स्थापित भएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको चीन भ्रमणका क्रममा बुधबार यान सिटीमा आयोजीत एक कार्यक्रममा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर गरिएको हो । 

उक्त मैत्रीपूर्ण सम्बन्धमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सिटीका उपप्रमुख कइहुइ सोङले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा घोराही उपमहानगरा प्रमुख नरुलालले आफ्नो मन्तव्य राख्दै कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको जानकारी दिए ।

यान सिटी र घोराही उपमहानगर बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित भएपछि घोराहीको विकासका लागि यान सिटिले मद्दत गर्ने अपेक्षा गरिएको छ । यान सिटिका मेयरले आफ्नो मन्तव्यको क्रममा घोराही उपमहानगरलाई चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्नसक्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले चीन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने बताए । उनले यान सिटीका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणका लागि समेत निमन्त्रणा दिएका छन् । सोमबार चीन भ्रमणमा आएको प्रदेश ५ का मुख्यमन्त्री सहितको टोली असार २५ गते स्वदेश फर्कनेछ।

तस्वीर : देवीका घर्ती मगर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन