६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलोपटक बिजुली पुग्दा…

२८ असार २०७६, शनिबार ०५:२४

रामबहादुर थापा | असार २८, बाग्लुङ | “अँध्यारो गाउँ, उज्यालो भयो,” ताराखोला गाउँपालिका–३ हिल, काँक्राखोरका कर्णबहादुर भण्डारीले भन्नुभयो, “यतिपछि बल्ल बिजुली आयो, हामी खुशी छौँ ।” काँक्राखोरमा शुक्रबार पहिलोपटक बिजुली पुग्यो । ढिलै भएपनि गाउँलेको बिजुली बाल्ने सपना पूरा भएरै छाड्यो ।

काँक्राखोरका ११५ घरपरिवार बिजुलीबाट वञ्चित थिए । सक्नेले सौर्य ऊर्जा प्रयोग गर्थे, नसक्ने टुकीकै भरमा थिए । ताराखोला साना जलविद्युत् आयोजना निर्माण भएपछि काँक्राखोरलगायतका गाउँमा पहिलोपटक बिजुली पुगेको हो । वडा नं ४ अस्मुखे गाउँमा पनि यही साता पहिलोचोटी बिजुली बल्यो । यतिका वर्षपछि बिजुली पुग्दा गाउँमा खुशियाली छाएको छ । बिजुली नहुँदा दैनिकी असहज थियो । वर्षौंदेखि अस्मुखेवासी अँध्यारैमा बस्न बाध्य थिए । 

“वर्षाको पर्वाह नगरी, रातदिन नभनी वितरणको काम गरिरहेका छौँ”, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भन्नुभयो, “दशैँअघि गाउँपालिकाभरि बिजुली पुग्छ ।” ३८० किलोवाट क्षमताको सो आयोजनाले गत वैशाख दोस्रो सातादेखि परीक्षण उत्पादन शुरु गरेको थियो ।

मुख्य लाइन विस्तार र ट्रान्समिटर जडानको काम सकिएको आयोजनाले जनाएको छ । घरघरमा कालो तार विस्तार, मिटर जडानलगायतका काम तीव्र गतिमा भइरहेको इञ्जिनीयर थापाले बताउनुभयो । आयोजनाबाट गाउँपालिकाका झण्डै एक हजार ७०० घरधुरीमा बिजुली पुग्नेछ । रु १८ करोडको लागतमा निर्मित आयोजनाले ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ । आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको थियो । 

यस्तै गाउँपालिकाका एक हजार ६९१ घरधुरीले न्यूनतम रु १५ हजारका दरले शेयर राखेका छन् । “सक्नेले बढी पनि शेयर हाल्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भन्नुभयो, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” गाउँपालिकाका पाँच वटै वडाका २२ सय घरधुरीमा विद्युत् पुर्याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं. १ को अमरभूमि र २ अर्गलको केही भूभागमा केन्द्रीय विद्युत् पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका हुन् । पहिले सामुदायिक ढाँचाको आयोजनापछि कम्पनीमार्फत अघि बढेको थियो । विसं २०६८ मा निर्माण शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्तीजस्ता कारणले आयोजना पछि धकेलिएको हो । 

कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापनसमेत फेरिएको थियो । स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा रहेको विद्युत्गृहमा ल्याइएको छ । आठ महीना ३८० किलोवाट विद्युत् उत्पादन हुने भएपनि सुख्खा याममा उत्पादन केही घट्ने जनाइएको छ ।

आयोजनाबाट उत्पादित बिजुलीलाई केन्द्रीय प्रसारण लाइनमा जडान गरिने इन्जिनियर थापाको भनाइ छ । “सबै उत्पादन यहाँ खपत हुँदैन, बिजुली खेर जान नदिन पनि केन्द्रीय ग्रीडमा जोड्नुपर्छ”, उहाँले भन्नुभयो । 

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखोला ‘उज्यालो गाउँपालिका’ उन्मुख भएको बताउनुभयो । ग्रामीण विद्युतीकरणका लागि गाउँसभाबाट रु ३५ लाख बजेटसमेत विनियोजन गरेको छ । “अहिलेसम्म बिजुली नै नपुगेका गाउँ थिए”, उहाँले भन्नुभयो, “अब त्यो अवस्था रहेन, उज्यालो गाउँपालिका बन्दैछ ।”

ताराखोलामा केही वर्षअघि साढे दुई मेगावाटको दरमखोला ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा आएको थियो । त्यस क्षेत्रमा अन्य जलविद्युत् आयोजना पनि निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या