२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीको रानी–जमरा मूल नहरको परीक्षण

२०७६, १ श्रावण बुधबार ०८:५९

साउन १,  कैलाली  | कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ ।

जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान (इन्टेक)का आठ वटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीन वटा ढोकाबाट परीक्षणका रुपमा मङ्गलबार पानी सञ्चालन गरिएको छ । आठ वटा ढोकामध्ये पाँच वटामा भने ‘वैस्टिङ’ (गेट उचाल्ने र बन्द गर्ने उपकरण) जडानको काम जारी रहेको छ । 

“मूल नहरमा परीक्षणका रुपमा पानी सञ्चालन ग¥यौँ”,आयोजना प्रमुख मधुकर रानामगरले भन्नुभयो, “मुहानबाट मूल नहरमा पानी चलाए पनि दक्षिणतर्फको फिडर नहरमा विद्युत् आयोजना निर्माणाधीन हुँदा छोडिएको पानी परम्परागत कुलोमा नै पठाएका छौँ ।”

आयोजनाको मुहानमा स्वचालित प्रणालीबाट चाहेको समयमा पानी छोड्ने र बन्द गर्ने उपकरण जडानको काम निकट भविष्यमा सम्पन्न हुने जनाइएको छ । इन्टेकबाट पश्चिमतर्फ जाने आठ दशमलव आठ किलोमिटर मूल नहरको निर्माणको काम पूरा भइसकेको छ । 

मूल नहरको दक्षिणतर्फको सहायक नहर दश दशमलव ५० किलोमिटर लामो छ । यस्तै लम्कीतर्फको विस्तार नहर १४ दशमलव सात किलोमिटर लामो रहेकामा छ किलोमिटर लामो पक्की नहर निर्माण भइसकेको छ । 

लम्की विस्तारतर्फको बाँकी भागमा मानव बस्ती रहेकाले सो क्षेत्रमा जग्गाको मुआब्जा वितरणको काम शुरु गरिएको छ । लम्की विस्तार नहरतर्फ पश्चिमको पथरैया नदीसम्म (कूल १४ दशमलव सात किलोमिटर) निर्माण गरिने लक्ष्य छ ।

दक्षिणतर्फको फिडर नहरमध्ये रानीको इन्टेकसम्मको नहर निर्माण पूरा भएको छ । दक्षिणतर्फको फिडर नहरको भागमा निर्माणाधीन चार दशमलव ७१ मेगावाटको विद्युत् आयोजना चालू वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।  

विश्व बैंकको ऋण सहयोग, नेपाल सरकारको लागत र जनश्रमदान समेतबाट विसं २०६६ देखि निर्माण शुरु गरिएको यो आयोजनाको पहिलो चरणको निर्माणको काम आर्थिक वर्ष २०७४-७५ मा पूरा भई आव २०७५-७६ बाट दोस्रो चरणको काम शुरु भएको हो । 

आयोजना निर्माणको काम आगामी चार वर्षपछि सन् २०२३ मा पूरा गर्ने लक्ष्य लिइएको छ । शुरुको अवस्थामा यो आयोजना आव २०७३-७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो । मूल नहरको रेखाङ्कनमा परेको मुक्तकमैया बस्तीको स्थानान्तरण, रुख कटानीको प्रक्रियामा भएको ढिलाइलगायतका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । 

आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र आसपासका झण्डै २० हजार ३०० हेक्टर जग्गामा सिंँचाइ सुविधा पुग्ने बताइएको छ । आयोजना निर्माणसँगै जिल्लाको पूर्वी क्षेत्रमा कृषि उत्पादन वृद्धिसम्बन्धी विभिन्न क्रियाकलापसमेत भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो