२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिपायल विमानस्थल कालोपत्रको काम शुरु

२०७६, ५ श्रावण आईतवार १०:४६

विमल विष्ट | साउन ५, डोटी | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महीनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने उक्त विमानस्थल निर्माणको जिम्मा पाएको सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसमले सात दिए हामी एक हप्तामा पिचको काम सक्छौँ र बाँकी काम त्यसपछि शुरु हुने छ ।”विमानस्थलमा रन वे रेखाङ्कन लगायतका काम गर्न भने बाँकी छ । 

दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम शुरु गरेको दिपायलका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “एकवर्ष पहिले सकिनुपर्ने काम अलपत्र पारेपछि हामीले स्थानीयस्तरबाट दबाब दिएका कारण कालोपत्रको काम शुरु भएको हो,अरु धेरै काम गर्न बाँकी नै छ, सम्बन्धित निकाएले समयमै ध्यन दिनु जरुरी छ ।” करीब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा कालोपत्र निर्माणकार्य केही ढिला भएको स्थानीयवासीको आरोप छ । विगतमा लक्ष्यअनुसार काम नहुँदा कालोपत्रको काम शुरु नभएर यो विमास्थलको काम अलपत्र परेको थियो ।

 अहिले बल्ल आएर कालोपत्रेको काम शुरु भएपछि यहाँका स्थानीयवासी विमानस्थल सुचारु हुनेमा निकै आशावादी भएको स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको काम अलपत्र पर्छ की भन्ने सोचेका थियौँ, अहिले पिचको काम शुरु भएको छ, अब त जहाज चल्ला की ?” विमानस्थल कालोपत्रसँगै वरिपरिको जमीन सम्म पार्ने, विमानस्थल भवनमा रङ्गरोगन लगाउने र गेट निर्माणको काम गर्न बाँकी नै छ । दिपायलसँगै कालोपत्रे निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महीनामै परीक्षण उडानसमेत भइसकेको छ ।

उता बैतडीको पाटन विमानस्थलको काम भने लामो समयदेखि अलपत्रमा परेको छ । पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद नथपिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम निर्धारित समयमा नसकिएपछि यहाँका स्थानीयवासी आक्रोसित बनेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो । कालोपत्रको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले कामअघि नबढाएको भन्ने बुझिएको नेपाल नागरिक उड््डयन प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताउनुभयो । 

बैतडी विमानस्थलको काम अहिलेसम्म पनि सञ्चालन नहुँदा लामो समयदेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण कार्य हेरिरहेका इञ्जिनीयर बालकृष्ण रेग्मीले बताउनुभयो । डोटीको दिपायल र बैतडीको पाटनसहितका दुईवटा विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायलका स्थानीयवासी तथा होटेल व्यवसायी नन्दनसिंह कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्लाका दुई विमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको विकासमा कोशेढुङ्गा सावित हुनेछ ।” दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथानलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी कृष्ण महराले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुने छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो