2026-09-14 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा भाँचिएको पुल एक हप्तामा मर्मत गरिसक्न मन्त्रीको निर्देशन

साउन ३२, नवलपरासी | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ ।

मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले जतिसक्दो चाँडो पुल मर्मत गरी पुलबाट यातायात सञ्चालन गर्ने प्रबन्ध मिलाउन सडक डिभिजन कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले पुल मर्मत चलिरहँदा यातायात सञ्चालनका लागि निर्माण गरिएको ‘डाइभर्सन’ लाई समेत व्यवस्थित बनाउन निर्देशन दिनुभयो । निर्माण गरिएको ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ हँुदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । अहिले सवारी ‘डाइभर्सन’बाट सञ्चालन भइरहेका छन् । पानी पर्दा बाटो चिप्लो भई यातायात प्रभावित भएको थियो । जसले गर्दा यात्रुहरु घण्टौँ जाममा बस्नुपर्ने अवस्था रहेको थियो । 

आज बिहानबाट यस क्षेत्रमा यातायातको चाप कम भएको छ । अहिले सवारी १५ देखि २० मिनेटमा पुल भाँचिएको क्षेत्र छिचोल्ने गरेका छन् । बुधबार अरुणखोला पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगी यातायात सञ्चालन प्रभावित बनेको थियो । भाँचिएको पुलको आजदेखि मर्मत शुरु गरिएको छ ।

राजमार्गमा धेरैजसो स्थानमा ठूला–ठूला खाल्डो परेका छन् । खाल्डोका कारण कुनै पनि बेला मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै राजमार्ग विस्तारको जिम्मा पाएको ‘चाइनिज कम्पनी’लाई मर्मतका लागि उहाँले निर्देशन दिनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले