2026-09-13 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

भदौ २५, बझाङ | सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ ।  बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र  यार्सागुम्बा सङ्कलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहुँदा अन्योलमा परेका छन् । 

तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री वितरण हुननसकेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताउनुभयो । गत वर्ष प्रतिकेजी रु १८ लाखका दरले खरीद बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी रु आठ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि सङ्कलन गरेको यार्सागुम्बा घरमै थन्किएको बोहराले बताउनुभयो । 

यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा सङ्कलकहरु बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा सङ्कलन गर्दै आएका स्थानीय ठेकेदारले पनि मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् । जिल्लाका साइपाल, सुर्मा, तल्कोट, बुङ्गललगायत उत्तरी भेगका बासिन्दा वर्षेनी यार्सा सङ्कलन गर्न जाने गरेका छन् । 

यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुङ्गी, माझालगायतका ठाउँमा जिल्लाभित्र तथा जिल्ला बाहिरका मानिस जाने गरेका छन् । प्रत्येक वर्ष जथाभावी फोहर तथा उत्खनन गर्ने र धेरै मानिस सङ्कलन गर्न जाने भएकाले यार्सागुम्बामा समेत कमी हुँदा आगामी वर्षहरुमा यार्सागुम्बा सङ्कलनकार्यलाई व्यवस्थित गर्दै लैजाने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले