2026-07-25 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएनएको नवौं विश्व सम्मेलन शुरु, नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह

असोज २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । राजधानीमा सुरु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासमा नेपालको विकासमा गैर आवासीय नेपालीलाई लगानी गर्न आग्रह गरेकी हुन् । 

उनले विश्वको जुनसुकै कुनामा पुगेपनि एउटा नेपाली सधैंको लागि नेपाली हुने भन्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप र साधन मुलुकको विकासका लागि खर्च गर्नुपर्नेमा जोड दिइन् । देशभक्ति र मातृभूमि प्रतिको माया भौगोलिक सीमाभित्र मात्र सिमित नहुने भन्दै उनले वर्तमान सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, दक्षताको सदुपयोग गर्न ब्रेन गेनको अवधारणा अगाडी सारेकोले त्यसमा योगदान गर्न आग्रह पनि गरिन् ।

राष्ट्रपति भण्डारीले स्थापनाको डेढ दशकमा गैर आवासीय नेपाली संघले मुलुकको विकास तथा विपद्को समयमा गरेको मद्धतको प्रशंसा गरिन् । उनले नेपालको पूर्वाधार विकास, शैक्षिक उन्नयनमा गैर आपासीय नेपालीले ठूलो योगदान गरिरहेको भन्दै यसको निरन्तरताका लागि आग्रह गरिन् ।

सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिकता ऐन तथा गैर आवासीय नेपाली ऐनमा परिमार्जनको प्रकृया शुरु भइसकेको जानकारी गराउँदै छिट्टै गैर आवासीय नेपालीले उठाउँदै आएको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने बाटो खुल्ला हुने बताए ।  गैरआवासीय नेपालीको ज्ञान, सीप, पुजी र प्रविधीको अधिकतम प्रयोग गरि नेपालको आर्थिक विकासमा जोड्नुपर्नेमा उनले जोड दिए । 

नेपाल उध्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भिजिट नेपाल २०२० लाई सफल बनाउन संघको भुमिका महत्वपूर्ण हुने बताईन् । संघका पुर्व अध्यक्ष शेष घलेले नेपालीको रुपमा गैरआवासीय नेपालीलाई विश्वमा चिनाउन चाहेको बताए । उनले हालसम्म नेपालमा गरेको लगानी नाफा भन्दा भावनात्मक रुपमा रहेको बताए । सम्मेलनमा संघका अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालमा गरेका कामको जानकारी गराएका छन् । 

‘म, मेरो एन आर एन ए र मेरो नेपाल’ मूल नाराका साथ शुरु हुने सम्मेलनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । सहमतीय प्रयासमा नेतृत्व चयन प्रक्रिया हुन सम्भव नभएपछि अन्तत: कुल १२ पदमा ४२ जनाको लागि निर्वाचन हुने देखिएको छ। संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । 

सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सुरू भएको हो । सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल