२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको मराङमा सडक पुग्यो

२०७६, ८ कार्तिक शुक्रबार ०४:४५

कात्तिक ८, म्याग्दी | भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ । सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि तीन घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीयवासी श्रीप्रसाद गर्बुजाले बताउनुभयो । 

“दरवाङदेखि खच्चर र भरियामार्फत प्रतिकिलो रु दश ढुवानी भाडा लाग्दथ्यो”, गर्बुजाले भन्नुभयो, “यातायातका साधन सञ्चालन हुन थालेपछि प्रतिकिलो रु दुईमा ढुवानी हुन थालेको छ ।” दैनिक चार बस र दश वटा जीप चल्ने बेनी–मराङ सडकमा प्रतियात्रु ४४० र दरवाङ–मराङलाई रु २२० भाडा तोकिएको छ । 

सात वर्षअघि मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङदेखि मराङ जोड्ने सडक निर्माण शुरु भएको थियो । मराङ खोलाको किनारै किनार बेँसी गाउँसम्म जोडिएको सडक अन्य बस्तीमा  पनि विस्तार भएको छ । लुरवाङदेखि अर्गला बेँसी हुँदै मराङको कुम्रीस्थित स्वास्थ्य चौकीसम्म नौ किलोमिटर र बेँसीदेखि आरवाङ हुँदै मल्कवाङको कान्चेसम्म आठ किलोमिटर सडकको ट्र्याक खुलेको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । 

“मराङ, मल्कवाङ, खिवाङ र रघुगङ्गा गाउँपालिकाको कुइनेका करीब तीन हजार घरधुरी लाभान्वित भएका छन”, उहाँले भन्नुभयो, “पहाडमा करीब दश मिटर ट्याक खोल्न बाँकी भए पनि दुई ठाउँमा डाइभर्शन बनाएर सवारी सञ्चालन गरिएको हो ।” तत्कालीन जिविस, बिम र मराङ गाविस, सांसद विकास कोष, धवलागिरि गाउँपालिका र पूर्वाधार विकास कार्यालय, प्रवासी, स्थानीयवासी, वन समूह, आमा समूह र व्यक्तिहरुको रु छ करोड ४६ लाख ५१ हजार ५६० लगानी भएको सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष अमर पुनले बताउनुभयो ।  

कान्चेभिर पुगेको सडकलाई विस्तार गरेर मल्कवाङ हुँदै पाखापानी र कुम्रीमा पुगेको सडकलाई ठूलोगाउँ, राम्चे, बुल, मलम्पार, मल्कवाङ जोडेर चक्रपथ बनाइने प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताउनुभयो । पूर्वाधार विकास कार्यालयले अर्गाला–बेंसी खण्डका भिरमा बाँकी ट्र्याक खोल्न र मल्कवाङमा जोड्न यस वर्ष रु डेढ करोड विनियोजन गरेको छ । कुम्रीदेखि ठूलोगाउँ, राम्चे, बुल मलम्पार जोड्ने सडकलाई गाउँपालिकाले रु २५ लाख छुट्याएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

“प्रदेश सरकारमार्फत अर्गलास्थित मराङ खोलामा मोटरेबल पुल निर्माण हुन लागेको छ”, अध्यक्ष पुनले भन्नुभयो, “अर्गाला र बेँसीको बीचमा रहेको भिरमा यस वर्ष ट्रयाक खुलेर नियमित गाडी चल्ने बनाउँछौँ ।” सात वटा वडा रहेको धवलागिरि गाउँपालिकाको मराङ, ताकम र मुनामा मात्र सडक पुगेको छ । यस वर्ष लुलाङ, मुदी र मल्कवाङमा सडक पुर्याउने लक्ष्य छ । गुर्जामा आन्तरिक सडक निर्माण गरेर यातायात सञ्चालन गर्न लागिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी