2026-07-25 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली अञ्चल अस्पतालले ल्यायो आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा

भाष्कर के.सी. | कार्तिक २२, कञ्चनपुर | महाकाली अञ्चल अस्पतालले आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । विहिबार कञ्चनपुर क्षेत्र नं. ३ (ख)का सभासद मानबहादुर सुनार, अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर), का.मु.प्रमुख जिल्ला अधिकारी सुशिल वैध, मे.सु हरी श्रेष्ठले विधिवध रुपमा उद्यघाटन गरी सञ्चालनमा ल्याउन लागेको हो । 

पहिले पहाडी जिल्लामा मात्रै भनेको थियो तर यहाँ स्थानिय जनताको आवश्यकता र आफुहरुले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न पहाडी जिल्लाबाट कटाएर आफुहरुले यहाँ ल्याएको सभासद सुनारले बताउनु भयो । यस क्षेत्रको विकासको लागि सबैले मिलेर हातेमालो गरे कुनै पनि कार्य असम्भव नरहेको उहाँले बताउनु भयो ।

त्यसैगरी पटक पटकको प्रयास पछि महाकाली अञ्चल अस्पतालमा अत्याधुनिक एम्बुलेन्स ल्याउन सफल भएको  साथै केही दिनमै डाक्टरहरु पनि आउन लागेको र त्यसका लागि कुरा चलिरहेको अध्यक्ष कृष्ण दत्त जोशीले बताउनु भयो । आफुहरु आईसियु सञ्चालनको लागि पनि लागिरहेको र छिट्टै महाकाली अञ्चल अस्पताल सुविधा सम्पन्न हुनुको साथै विरामीहरुले यही राम्रो उपचार पाउने बताउनु भयो त्यसका लागि सबैले इमान्दारीका साथ आ–आफनो जिम्मेवारी पुरागर्नु पर्नेमा जोड दिनु भयो । यही २४ गते सिक्वलससेल्सको पनि टेनिङ्ग हुने त्यस पश्चात सिक्वलसेल्सका विरामीको यही उपचार हुने कुरा पनि अध्यक्ष जोशीले जानकारी दिनु भयो । 

सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरेको आधुनिक एम्बुलेन्स सरकारले वितरण गरेको एम्बुलेन्स साधारणभन्दा फरक रहेकाले एम्बुलेन्स चालकलाई बिहीबारदेखि तालिमको लागि धनगढी पठाइएको छ । 

चालक र स्वास्थ्यकर्मीलाई तालिम दिएपछिमात्रै एम्बुलेन्स सञ्चालनमा आउने छ । एम्बुलेन्समा अक्सिजन सिलिण्डर, निबुलाइजर लगायतका उपकरण जडान रहेको छ । ‘बी’ प्रकारको आधुनिक एम्बुलेन्समा २२ प्रकारको औषधिसहित उपकरण जडान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक