२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक

२०७६, ११ पुष शुक्रबार ०३:२२

पुष ११, बागलुङ | जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो । 

उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित उद्योगी व्यसायीको उपस्थिति रहेको थियो । लगानी बहसमा बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी भित्र्याउनका लागि ठूला उद्यमी इच्छुक रहेको बताएका थिए । लगानीको वातावरण गराउन तीन तहको सरकारले आवश्यक कदम चालेमा जलविद्युत्, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको लगानीकर्ताले बताएका थिए ।  

बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको लगानी बहसमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री, नेपालकै ठूला उद्यमी शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङको सहभागितामा लगानी बहस सम्पन्न भएको थियो ।

आजदेखि शुरु हुने छैटौँ बागलुङ महोत्सवको पूर्वसन्ध्यामा लगानी बहसको आयोजना गरिएको हो । सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा  योजनामन्त्री किरण गुरुङले लगानीको वातावरण बनाउन प्रदेश सरकार इच्छुक रहेको भन्दै ढुक्क भएर ठूला उद्योगमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालीन सोचका साथ गर्न आग्रह गर्नुभयो । “सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन धेरै समय लाग्छ ।” गुरुङले भन्नुभयो । अहिले प्रदेश सरकारले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत्, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । उहाँले लगानी भित्र्याउनका लागि गण्डकी प्रदेश सरकार तत्पर भएर सहयोग गर्ने बताउनुभयो । 


लगानी बहसमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले नेपालमा राजनीतिक सङ्कटमा समेत ठूला उद्योग सञ्चालनका लागि आफू सफल भएको भन्दै अहिले केही सहज वातावरण बन्दै गएको बताउनुभयो । उहाँले बागलुङमा कृषि उद्योगको सम्भावना रहेको बताउनुभयो । उहाँले स्थायी सरकार आउँदा उद्यमीलाई सकारात्मक वातावरण मिल्दै गएको बताउनुभयो । गोल्छाले बागलुङ लगानीको निकै सम्भावना भएको क्षेत्र भएकाले स्थानीयको सहलगानीमा कृषि उद्योग सञ्चालन गर्ने आश्वासनसमेत दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले पर्यटनको क्षेत्रमा बागलुङमा लगानी भित्र्याउन आफू तत्पर रहेको बताउँदै सम्भावनको खोजी गरिरहेको जानकारी दिनुभयो । आफ्नै गृह जिल्ला भएकाले पनि बागलुङमा केही लगानी गर्ने योजनामा रहेको भन्दै ढकालले केबलकारसहितको चारतारे होटल बागलुङमा राम्रो चल्ने आफूले विश्वास लिएको बताउनुभयो । उहाँले पञ्चकोट तथा भैरवस्थानमा केबलकार सञ्चालनका लागि आफूले अध्ययन गरिरहेको बताउनुभयो । 

यस्तै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो सफलताको सूत्र बागलुङका उद्यमीलाई सुनाउनुभयो । उहाँले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । गुरुङले जिल्लाका व्यवसायीलाई आम्दानी बढाउने उपायका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले व्यवसाय शुरु गरेपछि सरसफाइमा ध्यान दिनुपर्ने, राष्ट्रप्रति जिम्मेवार बन्नुपर्ने र कडा परिश्रम गरेमा जस्तोसुकै व्यवसाय सफल बन्नेमा शङ्का नरहेको बताउनुभयो ।

यस्तै लगानीको समस्या चुनौती र सम्भावनाको विषयमा सांसद देवेन्द्र पौडेल, डा सूर्य पाठक, पर्यटन अभियानकर्मी खिमानन्द कँडेललगायतले जिज्ञासा राख्नुभएको थियो । लगानी बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो