2026-09-14 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने दाउन्नेमा सुरुङ मार्ग

पुष २०, नवलपरासी | पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सहित देशको बिभिन्न स्थानमा आधा दर्जन सुरुङ मार्ग निर्माणको लागि अध्ययन तीब्र गतिमा भईरहेको छ । सरकारको प्राथमिकतामा परेका बिभिन्न स्थान मध्ये नवलपरासीको दुम्किबासदेखि बर्दघाटसम्मको सुरुङ मार्ग निर्माणको पनि अध्ययन चलिरहेको छ । 

नवलपरासीमा बन्ने यो सुरुङ मार्गको लम्बाई ४.९ किलोमिटरदेखि ६.१० किलोमिटर लामो हुनेछ । जुन सुरुङ मार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । यो सुरुङ मार्ग निर्माण ठूलो महत्वको रुपमा हेरिएको बताइएको छ ।

सरकारले देशका अन्य भूभागमा पनि प्राथमिकताका साथ सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिएको छ । नेपालमै पहिलो सुरुङ मार्गको रुपमा हाल काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको निर्माण कार्य भईरहेको अवस्थामा अन्य स्थानमा पनि सुरुङ निर्माणको कार्यले क्रमश निरन्तरता पाउने बताइएको छ ।  

सरकारले सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा पनि सुरुङ निर्माणको  ‘सम्भाव्यता अध्ययन’ सकेको छ भने दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भईसकेको अवस्था छ । त्यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ । 

यता चीनका राष्ट्रपतिको भ्रमणमा टोखा-छहरे सुरुङ मार्ग निर्माणमा प्रतिबद्धता भई अध्ययनको लागि चीनको टोलीले केहि दिन अघि मात्र टोखामा अध्ययन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले